back
CTIZAN AD

एनआरएन पोल्यान्डका सम्पूर्ण साथिहरुमा मेरो हार्दिक अपिल

वि.सं.२०७७ वैशाख ८ सोमवार

843 

shares

एन आर एन पोल्यान्डका हरेक व्यक्तिहरूमा मेरो व्यक्तिगत रुपमा सम्मान छ । कोहि पनि मेरो व्यक्तिगत रुपमा दुश्मन हुनुहुन्न बरु सहयोगी नै हुनुहुन्छ । म एउटा सामाजिक चिन्तनशील व्यक्ति भएको हिसाबले यति त बोल्नै पर्छ । अनि लेख्नैपर्छ । यद्यपि संस्थागत हितका लागि मलाई तपाइहरुले गरेको संस्थागत निर्णय कुनैमा दुखेसो छैन र त्यो संस्थागत निर्णयको आफ्नै प्रकृया छ । यो ठिक यो बेठिक भन्नू भन्दा सर्वपक्षीय रुपमा छलफल गरेर अगाडि बढ्ने भन्ने हो । बिच बिचमा हुने अन्य निर्णय तपाइहरुबिचको छलफलको कुरो हो ।
म त्यसमा त्यति बहस गर्दैन बाहिर जे जति सुनिए पनि, तर एजेन्डाको बारेमा बहस गर्ने मेरो अधिकार छ । त्यही एजेन्डा सम्बन्धि के कसरी पूरा गर्न सकिन्छ त्यो बारे मज्जाले सार्वजनिक रुपमै बोल्न पाउनु पर्छ । लेख्न पाउनुपर्छ भन्ने लाग्दछ । तर, मलाई यसकारण दुःख लागेको छ कि, संस्थागत सोचसहित हिजोको एजेन्डा अनुसार जान नसक्नुले एनआरएनएका सम्पूर्ण कार्यसमिति, सल्लाहकार, आइसिसि बिचको बेमेल दुखद छ ।

मेरो सदस्यता खारेज गरियोस् म सहन्छु । आजीवन सदस्य हुन नपाउने भनेर बहिष्कार गरियोस् त्यसमा पनि आपत्ति छैन । संस्थाभित्र पुँजिवाद र राजनीतिक दलहरुको हस्तक्षेप अनि कोहि व्यक्तिहरूको हस्तक्षेप गर्नुहुन्न भन्ने मान्यताले चुप नै थिए तर एजेन्डा जनमानसमा पुगेकोले त्यो एजेन्डा कसरी पूरा गर्ने होला भन्ने चिन्ता तपाईहरुलाई मात्र होइन मलाई पनि त्यत्तिकै थियो । तर, छलफल त परै जावस एकपटक पनि यो एजेन्डा अनुसार काम गरेका छौ भनेर जानकारी गराउनु भएन । अरु रचनात्मक समय समयमा हुने ती कामहरुमा मेरो कहिल्यै हस्तक्षेप भएन र जसले गरे पनि अरुलाई विवादमा तानेर गरेको बाहेक सबैमा सहमति छ ।

मरेर जानुपर्छ भन्ने सत्य स्वीकारेको मैले व्यक्तिगत रुपमा कोहि व्यक्तिमाथी भन्नू केही छैन । व्यक्तिगत रुपमा अरु चाटुकारहरुले भन्दा तपाइले धेरैले साथ दिनु भएको छ अरु चाटुकारहरुको म कुरा पनि सुन्दैन । कसले के भन्छ कसले के भन्दैन म त्यता पट्टि जान्न । तर, जीवनमा सामाजिक रुपमा घोषणा गरेको र यो गर्छु भनेर हिडेपछि एजेन्डाको पछि सामाजिक रुपमै दौड्नु मेरो बाध्यता हो, रहर होइन ।
हिँजो २२ बुँदे एजेन्डामा सहमति भएर मात्र मैले त्यागेको थिए तर आज सम्म एजेन्डाको बारेमा कुनै पनि जानकारी नदिनु सार्है चित्त दुखेको छ । एजेन्डा र सहमतिबारे मौन देख्दा दुःख लागेको छ । मैले यस्तो हुन्छ, जे गर्दा पनि मलाई दुश्मन नै देख्ने हो भने किन एनआरएनए संस्थाभित्रको परिवार भन्ने बरु संस्थाको सदस्य खारेज गर्नुहोस्, मज्जाले गर्नुहोस् दुःख छैन । हिजो पनि भनेकै थिए म बिसुद्ध सामाजिक एजेन्डा बोकेर हिड्ने मान्छे हुँ भनेर । मलाई आपत्ति छैन खारेज गरिए पनि सहयोग गर्छु, साथ दिन्छु । तर, तपाईहरुको यो लडाभातिको वास्तविक चुरो पत्ता लगाएर समाधान गर्नुहोस् ।

‘मेरा बाले, मेरी आमालाई बिहे गरेकोले पो चोर छोरो जन्मेको हो त्यसैले बाउ खराब’ भन्ने सोच नराख्दा हुन्छ । मात्र हिजो एजेन्डामा मसँग भएका सहमतिमा छलफल गर्नुहोस् । मेरो नाम चाहिएन, एजेन्डा चाहियो त्यहीभित्र समस्या समाधान छ, त्यहीभित्र सहकार्य छ , त्यहीभित्र व्यक्ती होइन संस्था बलियो हुनुपर्छ भन्ने छ, कुनै अरु यो र त्यो चाहिएन त्यही एजेन्डाको मुल मर्म पकड्नुहोस त्यसैमा समाधान छ । त्यसको मर्म बुझेर र बिधानमा टेकेर अगाडि बढ्नु भयो भने त्यसमै समाधान छ ।

तपाईहरुले एजेन्डा पूरा गर्न एकपटक पनि सरसल्लाह गर्नु भएन । बरु अर्को पटक अध्यक्ष, प्रवासी मंच, जनसम्पर्क वा अर्को राजनीतिक दल जोसुकै होस् वा सस्थाभित्रकै उहाँहरुलाई अध्यक्ष दिनु होला मलाई त्यसमा कुनै आपत्ति छैन । एजेन्डा पूरा भएपछि तपाइहरु जोसुकै हुनुहोस् मलाई मतलब भएन ।

ठूला बिपत्ति आउछन्, ठुला बिपत्तिमा त शत्रुसित पनि सहकार्य गर्नुपर्छ भने, हामी मित्र बिचमा चाटुकारको कुरो सुनेर फाटो ल्याउनु भो । मलाई फाटो ल्याउनु पनि छैन तर मेरो पनि अधिकार छ र मैले हिजो जनमानसमा जे बोले त्यो बोलिबाट पर हट्न पनि सक्तिन । अरु तपाइहरु, एनआरएन पोल्यान्डको इमर्जेन्सी फन्डमा १ हजार ज्लोटी जति रकम जम्मा गरिदिएर तपाइहरुले राम्रो काम गर्नुहोस् । एजेन्डा अगाडि बढाउनुहोस् यहि शुभकामना दिन्छु । तपाईहरु बिचको राजनीतिमा मलाई मुछिनु छैन । यतिबेला मात्र २२ बुँदे सहमतिमा केन्द्रित हुनुहोस् यदि सकिँदैन भने कसरी गर्ने भनेर सर्वपक्षीय छलफल समेत गर्नुहोस् ।

हरेक समस्याको समाधान छ । तर, मैले एजेन्डा पूरा गर्नुहोला भनेर पो त्यागेको हो । बरु मलाई तपाइहरुको दुःख लाग्दो खेलमा सहभागी हुनु छैन । हातले लेखेर तपाइहरु कोहि फेरि अर्कोपटक पदमा उठ्ने सोचले नै अगाडि बढ्नु भएको छ भने बरु म उठ्दैन । म देखि न डराउनुस् भनेर सहमति पत्र लेखेर म मेरो यात्रामा लागिरहनेछु तर मसँग सहमति भएका २२ बुँदे सहमति कहिले आन्तरिक झगडाको नाममा, कहिले कोरोनाको नाममा त कहिले के नाममा अनावश्यक विवाद पार्न पाउनु हुन्न ।

तपाइहरुले कोरोना बिरुद्ध लडिरहनु भएको अवस्थालाई मेरो तर्फबाट जस्तोसुक पनि साथ छ । यदि तपाइहरुलाई एजेन्डामा छिर्न नै दिक्क लागेको छ भने हिजो सहमति नगरेको भए हुन्थ्यो । जटिल हुन्छ, पीडा हुन्छ, दुख हुन्छ दुनियाँले आ-आफ्नै तर्फबाट मूल्यांकन गर्छन् । हामी कोरोनाबिरुद्ध लड्ने हो, कोरोना बिरुद्ध लड्ने भन्दै एजेन्डाबारे छलफल गर्नै हुन्न भनेको होइन ।

त्यही २२ बुँदे एजेन्डाभित्र तपाईहरु शुरुमै प्रवेश गरेको भए अहिलेको सम्पुर्ण समस्याको समाधान त्यही २२ बुँदे एजेन्डा थियो । तर कोहि कुनै व्यक्तिको पछि कोहि कुनै व्यक्तिको पछि कोहि कुनै राजनीतिक पार्टीको पछि लागेर आफ्नो सस्थाको उद्धेश्यभन्दा बाहिर हिड्दा र सबैले आ–आफ्नो बाजा बजाउँदा एनआरएनए पोल्यान्डमा बिवाद आएको हो । बरु एजेन्डा कसरी पूरा गर्ने भनेर ८ महिना हँुदासम्म एजेन्डा के कसरी पूरा भैरहेको छ त्यो बारे जानकारी नगराउनु सार्है दुःख लागेको छ ।

हिजोको सहकर्मीको नाताले यति सार्वजनिक रूपमा भन्ने अधिकार मेरो छ । कसैलाई चित्त दुखेमा माफ पाउ । जयहोस्

वि.सं.२०७७ वैशाख ८ सोमवार १५:१२ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...