back
CTIZAN AD

नेदरल्याण्ड्सले बनायो विस्तारै खुल्ला गर्ने रणनीति

वि.सं.२०७७ वैशाख १० बुधवार

999 

shares

२२ अप्रिल । नेदरल्याण्ड्सले लकडाउनलाई क्रमिक रुपमा खुला गर्ने रणनिती सुरु गर्ने भएको छ ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले (Mark Rutte) २१ अप्रिल २०२० आयोजित प्रेस कन्फरेन्समा बोल्दै लकडाउनलाई क्रमिक रुपमा खोल्दै लैजाने उधेश्य स्वरुप आगामी ११ मे २०२० देखि प्राथमिक बिद्यालयहरु खुला गर्ने निर्णय सार्वजनिक गरेको नेपाल विकास प्रतिष्ठानको अध्यक्ष तथा गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष समाजसेवी शशि पौड्यालले जानकारी दिएका छन्।

प्रधानमन्त्री मार्कले शुरुको समयमा बालबालिकाहरु हप्ताको ५० प्रतिशत मात्रै स्कुल जाने र सकरात्मक परीणाम देखिएमा हप्ताको पाचै दिन खुलाउन सकिने जानकारी गराएको पनि पौडेलले बताए । उनका अनुसार माध्यमिक बिद्यालयको हकमा भने १ जुन २०२० बाट मात्र खोलिने र डेढ मिटरको दुरिमा शिक्षण गराइने निर्णय गरिएको छ ।

त्यस्तै खेलकुद सम्बन्धमा १२ वर्ष सम्मका वालवालिकहरु सार्वजानिक क्षेत्रमा डेढ मिटरको दुरि लागु नगरि खेल्न र खेलकुद गर्न पाउने गरी खुला गरिएको छ । १२ देखि १८ वर्षका वालवालिका हरुले डेड मिटरको दुरीलाई पालना गरी सर्वजानिक क्षेत्रमा खेलकुद गर्न पाउने निर्णय भएको छ । यद्यपी फुट्बल र ठुलाठुला कार्यक्रम (event) भने १ सेप्टेम्बर २०२० सम्म खुला नहुने भएको छ ।

होटेल रेस्टुराँ ब्यवसाय  (HORECA)को लागि १ जुन २०२० सम्म पुरानै नियम लागु हुने भनिएको छ भने अन्य व्यवसायहरुको लागि पनि कुनै परिवर्तन नगरिएको बताइएको छ । सर्वसाधारणका लागि पनि पुरानै नियमहरु कायम रहने भनिएको छ । फलस्वरुप बाहिर घुमफिर गर्न पाइने छ तर डेढ मिटरको दुरीलाई कायम राख्नुपर्ने र रुघा, खोकी, ज्वरो आएका ब्यक्तिहरु भने घर भित्रै बस्नु पर्ने पुन जानकारी गरिएको छ ।
१ जुन २०२० भन्दा अगावै लकडाउनलाई सकेसम्म बिस्तारै खुलाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । सो कुराको जानकारी प्रधान मन्त्रीको अर्को प्रेस कन्फरेन्स आयोजना गरि बताइने भनिएको छ ।

वि.सं.२०७७ वैशाख १० बुधवार १६:३३ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...