back
CTIZAN AD

थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो, नर्सद्धयको रिर्पोट नेगेटिभ

वि.सं.२०७७ वैशाख १० बुधवार

828 

shares

१० बैशाख, काठमाण्डौं । नेपालमा बुधबार थप तीनजनामा कोरोना संक्रमण देखिएको छ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका नमुनामा २४, ६०, ७२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै संक्रमित मध्ये पाटनमा २ जना, बाग्लुङमा १, धनगढीमा २, वीरगन्जमा ४, भरतपुरमा २ र विराटनगरमा २४ जना उपचाररत छन् । आज देखिएका तीनजनालाई पनि सोहि अस्पतालमा राखेर उपचार गरिनेछ ।

त्यसैगरी केन्द्रीय कारागार अस्पतालका दुई नर्समा सोमबार र्यापिड टेष्टमा कोरोना भाइरस पोजेटिभ देखिए पनि पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा रिर्पोट नेगेटिभ आएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यसैगरी आज दुईजना निको भएर घर फर्किएका छन् । ती दुईमा एकजना टेकुमा उपचाररत ३२ वर्षीय र कैलालीमा उपचाररत ४० वर्षीय पुरुष भएको बताइएको छ । हाल नेपालमा ४५ जना संक्रमित मध्ये अहिलेसम्म ७ जना निको भएर घर फर्किएका हुन् ।

त्यस्तै आजसम्म क्वारेन्टाइनमा ८ हजार ५९५, आइसोलेसनमा ९५ जना छन् । जसमा उपत्यकामा ३ र बाहिर ९२ जना रहेका छन् ।
आज सम्म रेडजोनमा २६९ जना रहेका छन् भने उनीहरुको टे«सिङ कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज भारतले नेपाल सरकारलाई १८ प्रकारका विभिन्न प्रकारका २३ टन औषधि उपलब्ध गराएको छ । उक्त औषधि, भारतीय राजदूतले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै तिब्बत सरकारले पनि विभिन्न प्रकारका स्वास्थ्य सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ । जसमा २ पिसीआर मसिन, २० हजार थर्मल मिटर, १ हजार टेस्टिङ किट २० हजार हजार पिपई सेट १० हजार र एन ९५ माक्स १० हजार उपलब्ध गराएको हो । उक्त सामान बेलुका सम्म काठमाण्डौं आउने बताइएको छ ।

त्यसैगरी रोटरी क्लव अफ काठमाण्डौं र पन्चकन्या ग्रुपद्धारा दुईवटा श्वाब कलेक्सन बुथ हस्तान्तरण गरिएको छ भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा समाज कल्याण परिषदद्धारा वल्र्ड भिजन इन्टरनेशनल मार्फत् १ हजार पिपिई सेट मन्त्रालयलाई उपलब्ध गराएको छ । यो विभिन्न प्रदेशमा पठाइने बताइएको छ ।

अपडेटः नेपालमा आजमात्रै ११ जनामा कोरोना संक्रमण भएको पृष्टि, संक्रमितको संख्या ४२ पुग्यो

वि.सं.२०७७ वैशाख १० बुधवार १६:५६ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...