back
CTIZAN AD

कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ७ पुग्यो, आज पनि दुईजना डिस्चार्ज

वि.सं.२०७७ वैशाख १० बुधवार

1.5K 

shares

१० बैशाख काठमाण्डौं । कोरोना संक्रमणबाट निको भयर घर फर्कनेको संख्या ७ पुगेको छ । आज (बुधबार) पनि टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय र सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष निको भएर डिस्चार्ज भएका छन् ।

यसअघि बैशाख ९ गते (मंगलबार) धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुष निको भएर फर्किएका छन् । चैत ११ गते दुवईबाट आएका उनी चैत १४ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । ५ पटकसम्मको परीक्षणमा अन्तिम २ पटक नेगेटिभ आएपछि उनी मंगलबार डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा यसरी खुसी व्यक्त गरेका थिए यी दुईले

त्यस्तै बैशाख ७ गते सेती प्रादेशिक अस्प्तालमा उपचार गरिएका धनगढी लम्कीचुहा नगरपालिका वडा नं ९ प्रतापपुरका २१ वर्षीय युवा निको भएर घर फर्किएकाथिए । उनी चैत २२ गते अस्पतालमा भर्ना भएका थिए भने बैशाख ७ गते डिस्चार्ज भएर घर फर्किएका हुन् । उनी मुम्बईबाट आएका थिए । उनी १४ दिन क्वारेन्टाइन र १५ दिन आइसोलेसनमा उपचार गराएका हुन् ।

त्यस्तै फ्रान्सबाट आएकी काठमाण्डौंकी १९ वर्षीया युवती बैशाख ६ गते टेकु अस्पतालबाट डिस्चार्ज भएर घर फर्केकी हुन् । सोहि दिन बेलुका बेल्जियममा छोरी भेटेर फर्किएकी बाग्लुङकी ६५ वर्षीया वृद्धा पनि बाग्लुङको धौलागिरी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

कोरोना भाइरसलाई जितेर फर्किए शाही

त्यसैगरी नेपालमा पहिलो संक्रमित देखिएका चीनबाट आएका एक विद्यार्थी पनि निको भएर आफ्नो दैनिकीमा फर्किइसकेका छन् ।

फोटो ऐजेन्सी

वि.सं.२०७७ वैशाख १० बुधवार १७:३७ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...