back
CTIZAN AD

यस्तो छ अघिल्लो दिनको विश्वको कोरोना अपडेट, नेपालमा एकैदिन दुई निको भएर घर फर्किए

वि.सं.२०७७ वैशाख ११ बिहीवार

798 

shares

 

११ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख ११ (सन् २०२० अप्रिल २३) बिहान .०० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका २६ लाख ३७ हजार ६८१ मानिसमा कोरोना भाइरस सल्केको छ । भने ज्यान गुमाउनेको कूल संख्या १,८४,२१९ रहेको छ । एकैदिन ८०५०० नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६५७८ जनाको मृत्यु भएको छ, अघिल्लो दिनको तुलनामा केही बढेको हो ।

निको भएर घर फर्किएकाहरु संख्याका ७१७,७५९ छ भने उपचाररत हालको बिरामीको संख्या १,७३५,७०३ रहेको छ । जसमध्ये १६७९,०२९ को अवस्था मध्यम छ भने ५६,६७४ को स्थिति गम्भिर रहेको छ ।

पछिल्ला केहि दिनदेखि संक्रमित भएर निकोहुनेको संख्यामा कमि भएको छ । यसअघि २१ प्रतिशत बिरामी निको हुने गरेकोमा अहिले २० प्रतिशतमा झरेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ७९२,५७९ पुगेको छ भने ४७,६७६ को मृत्यु भएको छ । एकै दिन ५६४१५ नयाँ संक्रमित थपिएका छन् भने २३३६ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित बढे पनि मृत्यु दर थोरै घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा भने अघिल्लो हप्ता देखि नै मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १ लाख ७ हजार ३२७ रहेको छ भने मृत्यु हुनेको संख्या २५,०८५ जना रहेको छ ।
प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(४७,६७६) इटाली दोस्रो(२५,०८५), स्पेन तेसो(२१,७१७), फ्रान्स चौंथो(२१,३४०), बेलायत पाचौँ(१८,१००), बेल्जियम छैठौं(६,२६२), इरान सातौँ(५,३९१), जर्मनी आठौँ(५३१५) र चीन नवौँैँ(४,६३२) क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा ३ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ भने ७ जना निको भएर फर्किएका छन् । बुधबार एकैदिन २ जना निको भएर फर्किएका हुन् । बुधबारसम्म ९०११ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । यद्यपी बुधबार उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन चौंथो हप्तासम्म लम्बाएर आगामी वैशाख १५ गते सम्म पु¥याइएको छ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

अर्को छिमेकी देश भारतमा संक्रमित र मृत्य हुनेको संख्या अघिल्लो दिनको तुलनामा बढेको छ । २१,३७० जना संक्रमित रहेको र ६८१ जनाको मृत्यु भएको देखिन्छ । १२९० जनाको मृत्यु भएको छ भने ३६ जनाको मृत्यु भएको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

 

 

 

 

 

 

 

 

 

 

 

वि.सं.२०७७ वैशाख ११ बिहीवार ०८:३६ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...