१२ वैशाख, काठमाडौं । विश्व बैकले संसार भरिका देशहरुको विप्रेषण आप्रबाहमा २० प्रतिशतसम्मले गिरावट आउन सक्ने प्रक्षेपण गरेको छ । हाल कोरोना भाईरसको विश्वव्यापि माहामारीका कारण अधिकांस देशहरु बन्दाबन्दीको अबस्थामा भएकोले धेरै उद्योग धन्दा र कलकारखानाहरु पनि वन्द छन र धेरैको रोजगारी पनि गुमेका कारण छिट्टै नै यो अबस्था आउने उसको आँकलन छ ।
बन्दा बन्दीका कारणले उद्योगधन्दा बन्द हुँदा थुपै आप्रवासि कामदारहरुको रोजगारि गुमेको छ । अब छिट्टै नै तिब्र रुपमा विप्रेषण आप्रबाहमा गिरावट आउने छ । यो दर २० प्रतिशतसम्म कम हुन सक्छ । विश्व बैंकले भनेको छ ।
निम्न तथा मध्यम आय भएका मूलुकको आम्दानीमा १९.७ प्रतिशत घटेर ४ खर्ब ४५ अर्ब अमेरिकी डलरले अम्दानी घट्न सक्ने अनुमान गरिएको छ ।
एक अध्यायनका अनुसार निम्न र मध्यम आय भएका देशहरुमा विप्रेषणका कारणले गरिबी हट्नुक साथै शिक्षा र पोषणमा पनि सकारात्मक योगदान पुगेको थियो तर अबको संकटले यी कुराहरुमा गम्भिर धक्का पुग्न सक्ने आँकल पनि विश्व बैंकले गरेको छ ।
कुन क्षेत्रमा कति प्रतिशत विप्रेषण आप्रबाहा घट्न सक्छ ?
यूरोप र मध्य एसिया २७.५प्रतिशत
साहारा उपमाहाद्विप तथा अफ्रिका २३.१ प्रतिशत
दक्षिण एसिया २२.१ प्रतिशत
मध्यपूर्व तथा दक्षिण अफ्रिका १९.६ प्रतिशत
ल्यटिन अमेरिका तथ क्यारेबियन क्षेत्र १९.३ प्रतिशत
पूर्वी एसिया तथा प्यासिफिक क्षेत्र १३ प्रतिशत
वि.सं.२०७७ वैशाख १२ शुक्रवार ११:३० मा प्रकाशित






























