अहिले बिश्व कोरोनाको युद्धमा होमिएको छ । युद्धको एउटा पक्ष सारा विश्व एकातिर रहेको छ भने अर्को पक्ष कोराना भाईरस जुन अदृश्य छ र जिब हो वा निर्जिब हो अहिलेसम्म बैज्ञानिकले छुट्याउन सकेका छैनन् । त्यो अर्को पक्षमा उभिएको छ ।
सारा बिश्व आफ्ना सबै आर्थिक तथा राजनीतिक गतिबिधीहरु छोडेर युद्ध मैदानमा होईन घरभित्रै बसेर यो युद्ध जितिन्छ भन्दै आफ्ना नागरिकलाई सचेत गराइरहेका छन् । जनतालाई घरभित्रै राहत दिने घोषणा पनि गरिरहेका छन् ।
कस्तो बिडम्बना यो युद्धमा संसारकै सक्तिशाली राष्ट्र अमेरीका र युपोपियन देशहरु सबैभन्दा बढी प्रभाबित भएका छन् भने कम सक्तिशाली अफ्रिकन, दक्षिण अमेरीकन र ओसियाना देशहरु निकै कम प्रभाबित रहेका छन् । बिश्वकै अर्थतन्त्र धरापमा पर्ने संकेतहरु देखिरहेका छन् । करिब ५ महिना अगाडी चाईनाबाट सुरु भएको कोरोनाको महा सग्राममा आजको दिनसम्म आईपुग्दा बिश्वमा २८ लाख भन्दा बढि संक्रमित भै सकेका छन् भने करिब १ लाख ९५ हजÞार भन्दा बढीको मृत्यु भइसकेको छ । सबै भन्दा बढि संक्रमित हुने देशहरुमा क्रमशः अमेरीका, स्पेन, ईटाली, फ्रन्स, जर्मनी, बेलायत, टर्की, ईरान, चाईना र रसिया रहेका छन् भने चाईना आफुले कोरोना युद्धमा जित हासिल गरेर आफ्नो अर्थतन्त्र सुधार गर्दै अगाडी बढिरहेको छ । यस महासंग्राममा बिश्वका बिभिन्न क्षेत्रलाई छुट्याएर बिश्वकै कुल संक्रमित तथा मृत्यु संख्यालाई प्रतिशतको आधारमा हेर्ने हो भने यस्तो देख्न सकिन्छ ।
१- युरोप-जम्मा संक्रमित १२ लाख २४ हजार बिश्वकै संक्रमित संख्याको ४३.६६ प्रतिशत जम्मा मृत्यु १ लाख १७ हजार ९.५७ प्रतिशत र बिश्वकै कुल मृत्युको ५९.९२ प्रतिशत रहेको छ।
२-उत्तर अमेरिका –जम्मा संक्रमित ९ लाख ७७ हजार बिश्वकै संक्रमित संख्याको ३४.८५ प्रतिशत जम्मा मृत्यु ५५ हजार ५.६५ प्रतिशत र बिश्वकै कुल मृत्युको २८.१९ प्रतिशत रहेको छ ।
३-एसिया -जम्मा संक्रमित ४ लाख ४७ हजार बिश्वकै संक्रमित संख्याको १५.९४ प्रतिशत जम्मा मृत्यु १७ हजार ३.७१ प्रतिशत र बिश्वकै कुल मृत्युको ८.४७ प्रतिशत रहेको छ ।
४- दक्षिण अमेरिका-जम्मा संक्रमित १ लाख १८ हजार बिश्वकै संक्रमित संख्याको ४.२० प्रतिशत जम्मा मृत्यु ५ हजार ४.४७ प्रतिशत बिश्वकै कूल मृत्युको २.६९ प्रतिशत रहेको छ ।
५ -अफ्रिका-जम्मा संक्रमित २९ हजार बिश्वकै संक्रमित संख्याको १.०५ प्रतिशत जम्मा मृत्यु १३२६ जना ४.५० प्रतिशत र बिश्वकै कुल मृत्युको ०.६८ प्रतिशत रहेको छ ।
६ -ओसियाना-(अस्ट्रेलिया, न्यूजिल्यान्ड आदि) जम्मा संक्रमित ८३३२ जना बिश्वकै संक्रमित संख्याको ०.३० प्रतिशत जम्मा मृत्यु ९६ जना १.६७ प्रतिशत र बिश्वकै कूल मृत्युको ०.०५ प्रतिशत रहेको छ ।
यसरी तथ्यहरु हेर्दा बिश्वमै सबैभन्दा बढि प्रभाबित तथा मृत्यु हुनेमा युरोप नै अगाडी देखिएको छ भने निको हुने क्षेत्रमा पनि युरोप नै अगाडी छ जहाँ करिब ४ लाख निको भैइसकेका छन् । तेस्तै दोश्रो निको हुने क्षेत्र एसिया नै रहेको छ जहाँ २ लाख भन्दा बढि निको भइसकेका छन् जसमध्ये चीन नै नियन्त्रण गर्ने प्रमुख देश रहेको छ । त्यसैगरी अस्ट्रेलिया, न्यूजिल्यान्ड जस्ता राष्ट्रहरु कम प्रभाबित राष्ट्रको रुपमा रहेका छन् ।
अब आफू रहेको देश अमेरीकाको कुरा गरौ । जहाँ आजको दिन समम् ९ लाख भन्दा बढि संक्रमित भै ५१ हजारको भन्दा बढिको मृत्यु भैसकेको छ भने करिब ९० हजार निको भएका छन् भने, करिब ७ लाख ६९ हजार अझै कोरोना युद्धमा अमेरिकाबाट अग्रपंक्तिमा रहेर लडिरहेका छन् । अमेरिकामा सबैभन्दा प्रभाबित म आफू बसेकै न्यूयोर्क राज्य रहेको छ, जहाँ मात्रै २ लाख ७६ हजार संक्रमित भएका छ । जुन अमेरीकाभरिका संक्रमित संख्याको ३० प्रतिशत भन्दा बढि हो भने यस राज्यमा २१ हजार भन्दा बढिको मृत्यु भैसकेको छ । जुन देशको कूल मृत्युको ४० प्रतिशत भन्दा बढि हो । अमेरिकामा कोरोनाको प्रभाब देखिएको साढे २ महिना भन्दा बढि भइसकेको छ भने यो अझै लम्बिदै जाँदा देशको अर्थतन्त्रमै गंभिर असर पर्न सक्ने संभाबना यहाँका राजनैतिक आर्थिक बिश्लेषकहरु बताई रहेका छन् । सरकारले नियन्त्रणका प्रयास गरिरहेको र केहि नियन्त्रण हँुदै गईरहेको पनि यस साता देखिएका तथ्यांकहरुले संकेत गरिरहेका छनं । कोरोना युद्धमा खटिरहेका एक स्वास्थकर्मीका अनुसार अबको दुई सातामा यसको धेरै नियन्त्रण हुनेछ र यसले सकारात्मक आशा जगाऊनेछ । तर, सामाजिक दूरी कायम गर्ने कार्य भने जारी राख्नु पर्नेछ ।
सरकारले यसको प्रभाब पर्न नदिन व्यापार व्यबसाय तथा नागरिकहरुलाई बिभिन्न् राहतका प्याकेजहरु ल्याएको र कोरोनाको कारण काम गर्न नसकेकाहरुको लागि समेत बिषेश बेरोजगार भत्ताको समेत व्यबस्था गरेको छ । एक तथ्यांकका अनुसार अहिलेसम्म् २२ मिलिंयन भन्दा बढि अमेरिकन बेरोजगार भइसकेका छन । देशमा बेरोजगारी बढ्दै जाँदा अर्थतन्त्रलाई नकारात्मक असर त पर्छ नै तर यसबाट राष्ट्रिय राजनीतिमा समेत नकारात्मक प्रभाब पर्ने देखिन्छ । यसै सन्दर्भमा आप्रबासीप्रति सदा नकारात्मक धारणा राख्दै आएका बर्तमान राष्ट्रपति डोनाल्ड ट्रमले यसअघि देखि नै आप्रबासी भिषालाई कडाई गर्दै आईरहेका थिए तर अहिले अप्रिल २३ को राति ११.५९ बजे देखि लागू हुनेगरी आप्रबासी भिषालाई ६० दिनको लागि रोक लगाउने एंउटा कार्यकारी आदेश जारी गरेका छन । जसअनुसार आप्रबासी भिषाबाट अमेरिका आउने कामदारहरु, डिभी लट्रि बिजेता र आप्रबासिहरुका बुवा आमा दाजुभाइ जस्ता परिवारहरु प्रभाबित हुनेछन् ।
कोरोनाको आक्रान्त खेपेर बसेका अमेरिकनहरु नै कोरोना पछिको श्रम बजारमा प्रथम प्राथमिकता पाउनु पर्छ भन्ने मान्यता राखेर आफूले यो आदेश जारी गरेको राष्ट्रपति ट्रम्पको भनाई रहेको छ । यसबारे यहाँको बिपक्षी पार्टी डेमोक्रेटिकहरु भने सहमत छैनन् यस बारे अदालतमा मुद्दा नपर्ला भन्न पनि सकिदैन । हिजो जारी भएको कार्यकारी आदेशले अमेरिका बाहिर रहेकालाई मात्र लागू हुनेछ । यो आदेश पूर्बआप्रबासी भिषा जारी भैसेकेका, आदेश पूर्ब ग्रिनकार्ड लिईसकेकालाई लागू हुने छैन भने अमेरीकी नागरिक तथा अमेरिकी सेनाका दम्पत्तीहरु र तिनका २१ बर्ष मुनीका छोराछोरीको लागि लागु हुने छैन । साथै डाक्टर, नर्स, स्वास्थकर्मी तथा मेडिकल रिसर्चसम्बन्धी आउने व्यक्तीहरुलाई लागुहुने छैन भनिएको छ । लगानीमा आधारित आप्रबासी तथा अमेरिकाको चाहनामा आउने व्यक्तीहरुलाई पनि आप्रबासी भिषामा रोक लगाईएको छैन भने अमेरिकामा एसआईलम खोज्न पनि रोक लगाईएको छैन । सिएनएनका अनुसार राष्ट्रपतिको यस घोषणाले अमेरिकामा मासिक औसत २६ हजार कामदार भित्रिदा ६० दिनको ५२ हजार आप्रबासी भिषा लिएर आउने प्रभाबित हुनेछ् । तर यस अघि भएका एक दर्जन भन्दा बढी सुनुवाई तथा रिफ्युजीलाई अस्विकार गर्ने जस्ता आप्रबासी कानुन परिबर्तनले गर्दा धेरै संख्यामा रोकलगाई सकिएको छ ।
अमेरिकी हाउस अफ जुडियियरिको अध्यक्ष Jerrold Nadler का अनुसार ‘यसले अमेरीकि बेरोजगारीलाई खासै असर गर्दैन मात्र आफ्नो पारिवारिक मिलनलाई रोक लगाएको छ’ त्यसैगरी ईमिग्रेसन तथा सिटिजनसिप चियरवमेन Zeo Lofgren Lofgten ,D-Calif काअनुसार ‘यो आदेश अमेरिकामा कम आप्रबासी भित्राउने राष्ट्रपतिका सल्लाहकारहरुको आप्रबासी बिरोधी एजेन्डा मात्र हो’ एक अध्ययनका अनुसार यस आदेशले बार्षिकरुपमा आप्रबासी प्रबेशको ५ प्रतिसत मात्र असर पर्छ भनेको छ ।
नेपालीहरुमा यस आदेशको प्रभाब बिशेष गरी डिभी लट्रिबाट आप्रबासी रुपमा अमेरिका आउने लाई बढि पर्नेछ भने, आप्रबासी कामदारको रुपमा आउनेलाई पनि प्रभाबमा पर्नेछ । साथै आप्रबासीका परिवारको रुपमा जो भिषा ग्रिनकार्डको प्रक्रियामा छन् उनीहरु समेत यस आदेशबाट प्रभाबित हुनेछन् । अमेरिकाबाट प्रकाशित एक पत्रिका खसोखासका अनुसार चालु आर्थिक बर्षका लागि ३ हजार ६९६ जना नेपालीलाई डिभी लट्रि परेको थियो । त्यसमध्ये १ हजार ६९ ले भिषा प्राप्त गरिसकेका छन् । बाँकी करिब २६ सय भन्दा बढी नेपाली डिभी बिजेता अमेरिका आउन पाउने नपाउने अनिंश्चयमा रहेका छन् भन्ने उल्लेख गरेकोछ ।
अमेरिकी सरकारले कोरोना संक्रमण सुरु भएदेखि नै आप्रबासीहरुमा नियन्त्रण गरिरहेकोले राष्ट्रपतिको यो आदेशमा डेमोक्र्याट्सहरुले कुनै अबरोध नल्याए यो आदेशको अबधी थप गर्न सक्ने सम्ंभाबना पनि धेरै रहेको छ । यसबाट के कति अमेरीका आउने आप्रबासीहरु प्रभाबित हुनेछन् भन्ने अहिले एकिन साथ भन्न् सकिने अबस्था छैन ।
( उपरोक्त डाटाहरु WorldoMeter.info को अप्रिल २४ दिउसो ३ बजेको रेकर्डमा आधारित छ । अंकहरु कतिपय हजार र लाखमा राखिएको भएता पनि प्रतिशत बास्तविक अंकको आधारमा निकालिएको छ)
वि.सं.२०७७ वैशाख १३ शनिवार ०८:१२ मा प्रकाशित






























