१३ बैशाख, अमेरिका । अमेरिकामा मृत्यु भएका सुनिल श्रेष्ठको दाहसंस्कार सम्पन्न भएको छ ।
अमेरिकाको भर्जिनिया राज्यमा रहेका सुनिल श्रेष्ठको बैशाख ४ गते मृत्यु भएको थियो । डिसी फुटवल क्लवका खेलाडी समेत रहेका श्रेष्ठको रेस्टन शहरस्थित अर्पाटमेन्टमा निधन भएको थियो ।
आफै आयोजना गरेको बैठकमा सहभागी नभएपछि र नेपालमा रहेकी श्रीमतीले श्रीमानसँग सम्पर्क गर्न खोज्दा फोन नउठेपछि उनको छिमेकी भारतीय महिला क्रिश्टेनलाई गुहारेकी थिइन् । क्रिश्टेनले उनका श्रीमानले ढोका ढक्ढक्याउँदा नखुलेपछि प्रहरी बोलाइएको थियो । प्रहरीले उनको शब अर्पाटमेन्टको भित्र ढलेको अवस्थामा फेला पारेका थिए ।
उनको दाहसंस्कार अमेरिकाको टेक्सास राज्यको ड्यालसमा गरिएको छ । कोरोना भाइरसको कारण उनकी पत्नी समेत नेपालबाट आउन नसके पछि सुनिलका आफन्तहरु टेक्सास राज्यको ड्यालस वरपर रहेकाहरुको उपस्थितिमा दाहसंस्कार गरिएको छ ।
स्वर्गीय सुनिलको पत्नीको सहयोगका लागि खोलिएको गो फण्डमा हालसम्म ३९ हजार डलर संकलन भएको देखिएको छ । उक्त गो फन्डको लागि १ लाख डलर लक्ष्य राखिएको छ ।
स्वर्गीय श्रेष्ठको नेपालमा ५ वर्ष मुनिका छोरा ७ महिनाको छोरी रहेको बताइएको छ ।
वि.सं.२०७७ वैशाख १३ शनिवार ०८:५८ मा प्रकाशित






























