back
CTIZAN AD

प्रवासी नेपाली एकतामन्च जापानका अध्यक्ष लामाद्धारा काभ्रेमा राहत वितरण

वि.सं.२०७७ वैशाख १३ शनिवार

822 

shares

१३ बैशाख, काभ्रे । प्रवासी नेपाली एकतामन्च जापानका अध्यक्ष हवलचन्द्र लामाले कोरोनाले प्रभावित समुदायका लागि राहत वितरण गरेका छन् ।

मन्चका अध्यक्ष लामाले बाग्मती प्रदेशका सांसद लक्ष्मण लम्सालको पहलमा काभ्रेको भुम्लु गाउँपालिका वडा ६ कोलातीमा १३ सय ५० केजी चामल र दाल, नुन, चिनी, तेल कार्यविधी अनुरुप राहत प्रदान गरिएको बताएका छन् ।

त्यसैगरी भुम्लु गाउँपालिकाले पनि यस गाउँपालिकामा रहेका अत्ति बिपन्न परिवार र दैनिकी ज्यालादारीमा काम गर्नेहरुलाई शुक्रबार वडा नं १ सापिङ्ग भट्टेटार माझि समुदायमा बाग्मती प्रदेशका सांसद लक्ष्मण लम्सालको पहलमै ८० माझि घर परिवारलाई राहत वितरण गरेको छ ।

कूल २४ सय ६० केजी चामलमा २६ बोरा लान्स क्लब अफ काठमाडौं सुकुन्दले सहयोग गरेको छ भने ५६ बोरा चामल समाजसेवी लेखनाथ श्रेष्ठले व्यक्तिगत सहयोग गरेको बताइएको छ । भुम्लु गाउँपालिका वडा नं १ सापिङ्ले २ केजी दाल, चिनी, नुन, तेल,चियापत्ती लगायतका सामग्री वितरण गरेको हो । उक्त राहत, स्थानीय प्रशासनसँग समन्वय गरेर वितरण गरिएको बताइएको छ ।

राहत बितरण कार्यक्रममा भुम्लु गाउपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ, कानुनी सल्लाकार प्राणनाथ न्यौपानेको पनि सह्भागी थियो ।

भट्टेटार माझि गाउँमा सबैजसो घर परिवारको खेतिपाति एकदम कम हुने र दैनिकी ज्यालामा काम गर्न अहिलेको अवस्थामा नहुने भएको हुँदा दैनिकीमा सारै अफ्ठयारो परि भोकै रहनु पर्ने अवस्था देखापरेकोले राहत वितरण गरिएको वडाअध्यक्ष खिर बहादुर श्रेष्ठले बताए ।

बिश्वभर कोरोनाको महामारी फैलिएसंगै नेपालमा पनि यसको प्रभाब देखा परेको छ । सरकारले गरेको १ महिनाभन्दा लामो लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई निकै अफ्ठ्यारो र मार परेको छ ।

लकडाउनलाई मध्येनजर गर्दै नेपाल सरकारले राहतको सुबिधा ल्याएको छ,कोहि जनता भोकै नपरुन भनेर देशभरी राहत वितरण गर्दै छ । जसमा अत्ति बिपन्न परिवार र ज्यालादारी काम गर्ने परिवरलाई बिशेष ख्यालमा राखेको पाइएको छ ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १४:३१ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...