back
CTIZAN AD

सांसद यादव अपहरण गरेको आरोपमा किटानी जाहेरी दिन जनता समाजवादी पुग्यो प्रहरीमा

वि.सं.२०७७ वैशाख १४ आइतवार

681 

shares

१४ बैशाख, काठमाण्डौं । जनता समाजवादी पार्टीका नेता कार्यकर्ता, सांसद तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादवको अपहरण गरेको आरोपमा किटानी जाहेरी दिन महानगरीय प्रहरी प्रहरी परिसर टेकु पुगेका छन् ।

नेकपा सांसदद्धय महेश बस्नेत र किशन श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्रखनालविरुद्ध सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा किटानी जाहेरी दिन उनीहरु टेकु प्रहरीमा पुगेका हुन् ।

उनीहरुले सांसद यादवको जीवन खतरामा रहेकोले रक्षाका लागि उनीहरुलाई कारबाही हुनुपर्ने माग गर्दै टेकु प्रहरीमा पुगेका हुन् ।

उनीहरुले कानुनी रुपमा सुनुवाई नभए मानबअधिकार आयोगसम्म पुग्नेसमेत बताएका छन् ।

डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, सांसद सुरेन्द्र यादव लगायतका नेताहरु टेकु प्रहरीमा पुगेका हुन् ।

महोत्तरीको घटना भएकोले त्यहिको जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन प्रहरीले अनुरोध गरेको र आरोपितहरु कठमाण्डौंबाट गएर काठमाण्डौंमै बन्धक बनाइएकोले यहि किटानी जाहेरी लिइनुपर्ने अडान नेताहरुले लिएको बताइएको छ ।

सरकारले आफै अनुसन्धान गर्नुपर्नेमा पीडितले जाहेरी दिँदा पनि जाहेरी लिन नमानेको आरोप जनता समाजवादीका नेता आङकाजी शेर्पाले बताएका छन् ।

सांसद यादव अपहरण गरेको आरोपमा किटानी जाहेरी दिन जनता समाजवादी पुग्यो प्रहरीमा

वि.सं.२०७७ वैशाख १४ आइतवार १६:१९ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...