back
CTIZAN AD

भारतमा दुई साताका लागि लकडाउन थप,हवाई सेवा पनि १७ मईसम्म बन्द

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

744 

shares

१९ बैशाख,काठमाण्डौं । भारतमा थप दुई साताका लागि लकडाउन थप गरिएको छ । भारत सरकारको आज बसेको उच्चस्तरीय बैठकले थप दुई साता लकडाउन थप गरेको हो । भारतमा अब १७ मईसम्म लकडाउन हुनेछ ।

पछिल्लोपटक भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै ३ मई सम्मका लागि पूरै भारत लकडाउनको घोषणा गरेका थिए । ४० दिनसम्मका लागि घोषणा गरिएका लकडाउनको समय सोमबार सकिने हुनाले आज बसेको उच्चस्तरीय बैठकले लकडाउनको अबधि थप दुई साता थप गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

त्यसैगरी भारत सरकारले ग्रीन जोन, अरेन्ज जोन र रेड जोन गरेर तीन भागमा देशलाई बाँडेको छ । जसमा ग्रीन जोन र अरेन्ज जोनमा केही खुकुलो बनाउने समेत बताइएको छ । रेडजोनमा १३० जिल्ला, अरेन्ज जोनमा २८४ र ग्रीन जोनमा ३१९ जिल्ला रहेको बताइएको छ ।

रेडजोनमा सपिङ मल,शैलुन, स्पालगायतका बन्द हुने छन् भने मिडिया, आइटी, कोल्ड स्टोर लगायतका खुला रहने बताइएको छ ।

त्यस्तै अरेन्ज जोनमा एक यात्रीसहित ट्याक्सी चलाउन पाइने, ग्रीन जोनमा बस चलाउन पाइने तर एउटा बसमा ५० प्रतिशत मात्र यात्री बस्न पाउने शर्तसहित चलाउन पाइने बताइएको छ । कोरोनाका केश नभएको क्षेत्रलाई ग्रीन जोनमा राखिएको बताइएको छ ।

त्यस्तै हवाई उडान,  रेल सेवा, मेट्रो सेवा, स्कुल, कलेज लगायत पनि १७ मईसम्म बन्द रहने छन् ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १८:५८ मा प्रकाशित

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...