back
CTIZAN AD

‘एकतालाई बलियो बनाऔं, पदभन्दा पार्टी ठूलो भन्ने सोचौं’

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

705 

shares

अन्तराष्ट्रिय श्रमिक दिवसका अबसरमा हार्दिक शुभकामना ! ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा मनाइन्छ । विश्वका मजदुरले यस दिवसलाई आफ्ना हकअधिकार सुनिश्चितका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

हाम्रो देशले श्रम अनि श्रमिकलाई कति सम्मान गर्न खोजेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय विमानस्थलवाटै थाहा हुन्छ । बच्चैदेखि कुनै श्रमिकलाई देखाएर यदि तैले पढिनस् भने यस्तै श्रम गरेर खानुपर्ला भनेर देखाउने डरवाटै श्रम र श्रमिकप्रति भेदभावको नजर शुरु हुन्छ । पढाई र पसिना विल्कुलै फरक हो पढेकाहरु श्रमिक हुँदैनन् र श्रम गर्न हुन्न भन्ने कुरा रहुन्जेलसम्म नेपालमा श्रमलाई सम्मान हुदैन । हामी सबैले यसतर्फ ध्यान दिनु आबस्यक छ । फोहोर उठाउन आउने श्रमिक फोहोरी हैन र यदि उसले फोहोर नउठाईदिने भए हामी सफा भएर वस्न सक्दैनौ भन्ने कुरा बुझन बुझाउन आबस्यक छ । श्रमीक भएर वाँच्न पाउनु अनि परिवार पाल्नु जतिको उत्तम जिवनयापन संसारमा केही हुन् पसिनाको मूल्यले आर्जेको धन्, मन अनि निन्द्रा प्रिय हुन्छ ।

कारखानामा पसिना पुछ्दै बसेका दाजुभाई दिदिवहिनी, विदेशी भूमिमा श्रम गर्दै रहेका सम्पूर्ण श्रमिकहरु, हलो कुटो कोदालोले हातमा ठेला उठेका हातहरु, भारीबोक्ने भरियाहरु, भान्सादेखि भकारोसम्म पसिना चुहाउने सबैजनाको जीवनमा यस श्रम दिवसको वास्तविक अर्थ र समानता कायम हुदै जावोस् सधै आफ्नो पसिनाको मूल्यले खान पुगोस् दीनदुखीलाई सहयोग गर्न पुगोस् । संसारका विभिन्न देशमा कोरोना महामारीबाट ज्यान गुमाउने सम्पूर्ण नेपालीजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महामारीको संक्रमणमा पर्नुभएका सम्पुर्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

गाँस, वास, कपास, शिक्षा स्वास्थ र रोजगारको ग्यारेन्टी गर्ने नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु ।

यतिबेला श्रमिक वर्गको पार्टी, श्रमिक वर्गकै हकहितकै लागि लड्दै आएको नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादको उल्झनमा फसेको छ । पार्टीभित्रको आन्तरिक बिबाद तत्काल अन्त्य गर्न सबै नेतृत्व बर्गलाई एकतालाई बलियो बनाउन र पदभन्दा पार्टी ठूलो हो भन्ने बुझ्न सबैलाई आग्रह गर्दै पार्टी एकतालाई कमजोर बनाउने खेल बन्द गर्न अपिल गर्दछु ।

नेकपाका सबै ईमान्दार पार्टी कार्यकर्ता नेता जुटौ पार्टी एकतालाई बल पुग्ने गरी आफ्नो अभिव्यक्ति राखौं । अन्यथा इतिहासले धिकार्ने छ, एकीकृत र सशक्त कम्युनिष्ट पार्टी हाम्रो चाहना हो । जिÞम्मेवार भएर बिकृति र बिसंगतिको बिरुद्ध आवाज बुलन्द गर्दै एकतालाई थप टेवा गरौ । १३१ औ अन्तराष्ट्रिय श्रमिक दिवसका अबसरमा सम्पूर्ण श्रमिकहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

गौतम, प्रवासी नेपाली एकता मंच इजरायलका अध्यक्ष हुन् ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १७:५९ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...