back
CTIZAN AD

कोरोना अपडेट : भारतमा संक्रमितको संख्या बढ्दै, नेपालमा ५९ पुग्यो

वि.सं.२०७७ वैशाख २० शनिवार

930 

shares

२० वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट भएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१२ देशमा फैलिएको छ ।

यसअघि बढी प्रभावित देशहरु विस्तारै विस्तारै घट्दै गएको देखिन्छ भने दक्षिण अमेरिकी देश ब्राजिल, भारतलगायतका देशमा बढ्दो छ । नेपालमा पनि थपिँदै गएको अवस्था छ ।

वैशाख २० (सन् २०२० मे २) बिहान ८ .१५ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका ३४,००,८२९ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २३९,५९२ पुगेको छ । एकैदिन ९८५९८ कोरोनाका संक्रमित थपिएका छन् भने ५४८७ जनाको मृत्यु भएको छ ।

निको भएर घर फर्किएकाहरु संख्याका १,०८१,६०० छ भने उपचाररत हालको बिरामीको संख्या २,०७९,६३७ रहेको छ । जसमध्ये २,०२८,२८२ को अवस्था मध्यम छ भने ५१,३५५ को स्थिति गम्भिर रहेको छ । शुक्रबारको तथ्याङ्कमा निको हुनेको अनुपात बढेको छ । बिरामी मध्ये यसअघि ३ प्रतिशत हुने गरेकोमा शुक्रबार २ प्रतिशत बिरामी गम्भिर रहेको छ ।

पछिल्ला केहि दिनदेखि संक्रमित भएर निको हुनेको संख्या बढेको छ । सोमबारको तथ्यांकले बिरामी मध्ये ८२ प्रतिशत सन्चो हुने गरेका छन् भने १८ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,१३१,२८० पुगेको छ भने ६५,७६६ को मृत्यु भएको छ । एकै दिन ३६,०७० नयाँ संक्रमित थपिएका छन् भने १९०५ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित थोरै बढेको र मृत्यु  घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या २०३,५९१ रहेको छ भने मृत्यु हुनेको संख्या २७,६८२ जना रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, टर्की, रसिया, इरान, ब्राजिल अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(६५,७६६) इटाली दोस्रो(२८,२३६), बेलायत तेस्रो (२७,५१०), स्पेन चौंथोे(२४,८२४), फ्रान्स पाचौँ (२४,५९४), बेल्जियम छैठौं(७,७०३), जर्मनी सातौं (६,७३६), ब्राजिल आठौँ (६,४१२), इरान नवौँ (६,०९१), नेदरल्याण्ड दशैँ(४८९३) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा २ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ भने १६ जना निको भएर फर्किएका छन् । शुक्रबारसम्म १२,५७७ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन तीनचरणमा थपिएर वैशाख २५ गतेसम्म पु¥याइएको छ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ३७,२५७ जना संक्रमित रहेको र १,२२३ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र २३९४ जना नयाँ संक्रमित थपिएका छन् भने भने ६९ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने भारतमा बढिरहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

 

वि.सं.२०७७ वैशाख २० शनिवार ०८:३६ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...