back
CTIZAN AD

लकडाउन खुकुलो बनाउन सुझाव

वि.सं.२०७७ वैशाख २० शनिवार

726 

shares

२० वैशाख, काठमाडौँ । लकडाउनको आज ४० औँ दिन, अबको ५ दिनमा सरकारले घोषणा गरेको लकडाउनको अवधि सकिँदै छ । यसैबीच संक्रमितको संख्या पनि थपिँदै गएको छ । लकडाउनको अवधि फेरि बढ्छ वा के हुन्छ, सबैको चासोको विषय बढिरहेको अवस्थामा लकडाउनमा केही खुल्ला हुने संकेत देखिएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उच्च सतर्कता अपनाएर लकडाउन खुकुलो बनाउन सरकारलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा शुक्रबार भएको छलफलमा समितिले लामो लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेको उल्लेख गर्दै खुकुलो बनाउँदै पूर्ण रूपमा खोल्ने योजना तर्जुमा गर्न निर्देशन दिएको हो ।

समितिका सभापति परशुराम मेघी गुरुङले लकडाउन खुकुलो बनाउँदै लाने रणनीति सरकारले ल्याउनुपर्ने बताए । खतरा भएको ठाउँ छुट्याएर खतरा नभएका ठाउँमा खुकुलो गर्न सकिने बताए ।

बैठकमा मन्त्री ढकालले लकडाउनको नियम पालना राम्रो भएकाले संक्रमण फैलन नपाएको बताएका थिए । सरकार पनि समितिले दिएको सुझाव अनुसार खतरा कम भएका ठाउँमा लकडाउन खुकुलो गर्ने सोचमा रहेको जानकारी दिँदै उनले भने ‘नेपाल कोभिड–१९ को उच्च जोखिममा छैन तर ढुक्क हुने अवस्था नभएकाले लकडाउनलाई नयाँ ढंगले अघि बढाउन पहल गर्दैछौं ।’

समितिले कोभिड–१९ को संक्रमण यकिन गर्न कम्तीमा हरेक परिवारको एक सदस्य छनोट गरी स्वास्थ्य परीक्षण गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १०:३४ मा प्रकाशित

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...