अगस्तिले शासन गर्ने यो देश परेपछि
कस्को लागि गर्छौ शासन जनता मरेपछि ।
हिजो पनि चुप थिए अहिले पनि चुप छन्
जस्तोसुकै काम गर्छन् कमिसन झरेपछि ।
बिदेशीको बिरोध गर्छन् दिउँसो तिर मात्रै
दूतावासकै शरण पर्छन् फोन गरेपछि ।
आज नयाँ कुरा आएसि सबले बिर्सिहाले
हिजो उफ्रि-उफ्रि कराउँथे सीमा सरेपछि ।
देश बिदेशका जनता सबै घर भित्रै छन्
कोरोनाले सबैलाई त्राहिमाम गरेपछि ।।
शंखरापूर नगरपालिका-४ फेदी काठमाडौ
वि.सं.२०७७ वैशाख २० शनिवार १०:३३ मा प्रकाशित






























