back
CTIZAN AD

कविताः श्रमिक व्यथा

वि.सं.२०७७ वैशाख २० शनिवार

759 

shares

दिनदिन श्रम पोखेँ छन् सबै पात्र खाली ।

फल घर  जब  ल्याएँ साहुले लान्छ खालि ।।

घर तनय रुवाई टाल्न के सक्छु मैले ?

दृग दुइ तनयाका झार्दछन् अश्रु जैले ।।०१ ।।

 

मन बह अझ पत्नी पोख्दछिन् मौनतामा ।

तन मनसित पोखेँ व्यर्थ छन् कर्म धामा ।।

खुद घर सब भाँडा रित्तिए मास मारी ।

तर धव घर बाँध्छन् पूर्ण पारी भकारी ।।०२।।

 

नृप स्वर अघि सुन्थेँ न्यायका मिष्ट व्याख्या ।

बहुजन अझ निम्जा छैन केही सुरक्षा ।।

सुख घर अब ल्याऊँ चेतमा यो गमेर ।

गृह परिजन पोख्छौँ कर्म सङ्लो चुनेर ।।०३।।

 

चयन महल भोग्छन् कर्म गर्ने चुसेर ।

अब सब जन जुट्दै चाल फेरौँ उठेर ।।

मधुरस सम नेता भन्दथे तन्त्र फे-यौँ ।

अझ पनि ढप उस्तै झेलका खेल हे-यौँ ।।०४।।

 

तर पनि गृह रित्तो बन्छ यो खोट के हो ?

प्रवचन अझ सुन्दा लाग्छ ठग्ने छ खेलो ।।

अब सब घर आई झूट भारी नपोख ।

कर बल छल बढ्ने मार्ग कालो नरोज ।।०५।।

 

मनुज असल बन्ने मार्गमा हिँड्छु नित्य ।

श्रमिक मनुज ठग्ने त्यागियोस् दुष्ट कृत्य ।।

नियम परिधि मिच्ने दुष्टता छैन मेरो ।

रिपु घर यदि आऊन् स्नेहको मार्छु फेरो ।। ०६।।

 

छन्दः मालिनी

गणः– न न  म  य य

सङ्केत :- III III SSS ISS ISS

वि.सं.२०७७ वैशाख २० शनिवार १०:३५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...