back
CTIZAN AD

लघुकथाः जन्मदिन

वि.सं.२०७७ वैशाख २० शनिवार

798 

shares

उनी उठ्नासाथै सधैंझैं नित्यकर्म तिर लागिन् । बुढा भने उठ्नासाथै मोबाईल हातमा लिएर त्यसैमा घोप्टिन थाले ।

उनले बढारबुढुर सकेपछि नुहाई धुवाई गरी भगवानको पूजा गरिन् र चिया पकाएर हंसिलो अनुहार बनाउँदै कोठामा छिरिन् ।
कोठाको दृष्य भने जस्ताको त्यस्तै छ । भित्तामा आड लगाएका बुढाको हातमा मोबाईल, मुहारमा मन्द मुस्कान अनि एउटा औंला फटाफट चलिरहेको छ ।

आफू पसेको पनि चालै नपाएझैं गरेपछि उनी छक्क परिन् । र नजिकै पुगेर भनिन्, ‘हैन बुढा, छाँट त गतिलो छैन नि, यो उमेर, राति अबेरसम्म यही ठाँडोमा भुल्ने, विहान उठ्न नपाउँदै यसैमा लाग्ने, सम्झने कुरा बिर्सने, बिर्से हुने कुरा सम्झने । ’– उनले भनिन् ।

‘हैन के भन्छेउ तिमी ? के बिर्सें ?’–बुढाले भने ।

‘खै त शुभकामना ? आज मेरो जन्मदिन, शुभकामना दिने होईन?, कि मागेर लिनुपर्ने हो ?’– उनले भनिन् ।

’ए साँच्चि, तिम्रो पनि आजै जन्मदिन है ?, फेसबुकका साथीहरूलाई त शुभकामना दिईसकें, तिम्रो चाहिँ याद भएन, यसैभएर त तिमी पनि फेसबुक खोल भनेको नि ! एकाबिहानै सम्झाउँछ र बेलैमा शुभकामना दिन पाईन्छ, समयसँगै चल्नुपर्छ क्या ।’–बुढाले भने ।

हाल-काठमाडौ

वि.सं.२०७७ वैशाख २० शनिवार १०:३७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...