back
CTIZAN AD

जब बलिउडका अर्का अभिनेता अस्पताल रहेको खबर आयो…

वि.सं.२०७७ वैशाख २१ आइतवार

852 

shares

२१ वैशाख । अघिल्लो हप्ता बलिउडले दुई उत्कृष्ट अभिनेताहरुलाई गुमायो, यसै बीच बलिउडमा चिन्ताको अर्को समाचार आयो ।

चर्चित अभिनेता नसीरुद्दीन शाहको स्वास्थ्य गम्भिर रहेको भन्दै समाचार आए । एकपछि अर्को गर्दै अभिनेता गुमाएको बलिउडले नसीरुद्दीन शाहको स्वास्थ्य विषय भाइरल भएर फैलियो । उनको स्वास्थ्य अवस्था खराब भएको र उनी अस्पतालमा भर्ना भएको खबरहरु आए । तर यी सब अफवाह थिए । जब यस्तो समाचार नसीरुद्दीन शाहले पढे उनले आफू स्वस्थ रहेको र घरमै रहेको जानकारी गराए । उनका छोरा विवान शाहले पनि आफ्नो बुबा नसीरुद्दीन शाहको स्वास्थ्य सम्बन्धी ट्वीट गरे जसमा उनले भने कि ‘बाबा ठीक हुनुहुन्छ र उहाँको स्वास्थ्य सम्बन्धी समाचार गलत छ ।’

त्यहि समयमा, ६९ वर्षीय नसीरुद्दीन शाहले फेसबुकमा पोस्ट गर्दै आफ्नो स्वास्थ्यको बारेमा चिन्ता लिएको भन्दै सबैलाई धन्यवाद दिएका छन् । उनले लेखका छन् ‘म ती सबै मानिसहरूलाई धन्यवाद दिन्छु जसले मेरो स्वास्थ्यको बारेमा चिन्ता गरे, म उहाँहरुलाई आश्वस्त पार्न चाहान्छु म ठीक छु । म घरमा बसेर लकडाउनको पालना गरिरहेको छु, कृपया कुनै पनि अफवाहमा विश्वास नगर्नुस् । ’

वि.सं.२०७७ वैशाख २१ आइतवार ०९:३० मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...