back
CTIZAN AD

बङ्गलादेशमा झण्डै नौ हजार व्यक्तिमा कोभिड–१९ बाट सङ्क्रमित, १७५ को मृत्य

वि.सं.२०७७ वैशाख २१ आइतवार

780 

shares

२१ बैशाख, बंगलादेश । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ७९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताइन् । मन्त्रालयका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा थप पाँच सङ्क्रमितको मृत्यु भएको छ । कोभिड–१९का कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म १७५ पुगेको छ ।

उनका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा पाँच हजार ८२७ कोरोनाभाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षण गरिएको थियो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार सङ्क्रमितमध्ये शनिबारसम्ममा १७७ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

विश्वभर कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३४ लाख २६ हजार ३८९ पुगेको छ भने दुई लाख ४० हजार ४९० सङ्क्रमित व्यक्ति को मृत्यु भएको छ । विश्वभर सङ्क्रमणपछि चिकित्सकको निगरानीमा बसेर उपचार गरी निको भई घर फर्किनेको सङ्ख्या १० लाख ९३ हजार ९६७ पुगेको छ ।सिन्हवा

वि.सं.२०७७ वैशाख २१ आइतवार ०९:१८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...