back
CTIZAN AD

कृषि मन्त्री साहले मागे सुझाव

वि.सं.२०७७ वैशाख २१ आइतवार

1K 

shares

२१ वैशाख, काठमाडौँ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले आगामी वर्षको कृषिसम्बन्धी नीति तथा कार्यक्रमका लागि सुझाव मागेका छन् । उनले आफ्नो प्राथमिकतामा परेका १२ बुँदे उल्लेख गर्दै थप सल्लाह सुझाव माग गरेका हुन् ।

उनले लेखेका छन् :

“कृषिसम्बन्धी नीति तथा कार्यक्रम वैज्ञानिक, व्यवहारिक र जनहितकारी हुनुपर्छ । नीति तथा कार्यक्रमका परिणाम भुइँ तहमै देखिनुपर्छ भन्ने मेरो मान्यता छ । अनुत्पादक, कागजी र वस्तुहीन योजनाले रूपान्तरण हुन सक्दैन भनी मैले तपाईंहरूसँग आगामी वर्षको कृषिसम्बन्धी नीति तथा कार्यक्रमका लागि सुझाव मागे । तपाईंहरूबाट आएका अत्यन्त महत्वपूर्ण सुझावहरूप्रति मेरो गम्भीर ध्यानाकृष्ट भएको छ । र, तपाईंहरूका सल्लाहअनुरूप नै प्रदेश सरकार त्यससम्बन्धी नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु । साथै तपाईंहरूकै केही सुझावलाई यसरी लिपिबद्ध गरेको छु । यसमा केही छुटेका र केही दोहोरिएका हुन सक्छन् । जसलाई फेरि पनि अध्ययन गरेर एकीकृत दस्ताबेजमा राख्नेछु ।
१) आधुनिक कृषि प्रणालीका आधारमा खेतीकिसानी गर्न किसान, खेतीहर मजदुरलगायत यस पेसासँग जोडिएकाहरूलाई आवश्यक र पर्याप्त ज्ञान तथा सीपकौशलका लागि विभिन्न किसिमका तालिम प्रदान गर्नुपर्ने । कृषि शिक्षा व्यवस्थापनमा जोड दिने । कृषि अनुसन्धान कार्यलाई अघि बढाउनुपर्ने । माटो परीक्षण, रोगकीरा नियन्त्रणलगायत कार्यमा जोड दिनुपर्ने किसानहरूका बीच उत्पादन प्रणाली, समस्या र समाधानका विषयमा अन्तर्संवादका लागि अवलोकन तथा भ्रमणलाई फलदायी बनाउने ।

२) उत्पादन प्रणालीलाई सहज बनाउन सबै खालका र उचित संख्यामा कृषि उपकरण सहज तरिकाले उपलब्ध गराउनुपर्ने, गुणस्तरीय मलखाद, उन्नत बीउबिजन उपलब्ध हुने वातावरण बनाउने र सिँचाइ सुविधाको विस्तार गर्ने । बर्खाको पानी संकलन गर्ने खालका कार्यक्रम ल्याउने ।

३)  उत्पादनको सहज बजारीकरणका लागि कृषिसडक, सिँचाइ, विद्युतीकरण, कोल्डस्टोर, संकलन केन्द्र, बजार, अक्सन सेन्टर आदिको व्यवस्थापन गर्नुपर्ने ।

४) भूमि सुधार गरी खेतीयोग्य जग्गा संरक्षित गर्दै सामूहिक /सहकारी कृषि प्रणालीका लागि आवश्यक कार्य गर्ने तथा गुणस्तरीय उत्पादनमा जोड दिने र उत्पादनको स्वरूप परिवर्तन गरी सञ्चित गर्ने प्रणाली विकसित गरी उत्पादन नष्ट हुने समस्या समाधान गर्ने । पकेट क्षेत्रका आधारमा उत्पादनलाई प्राथमिकीकरण गरेर प्रवद्र्धन गर्ने । उत्पादित सामग्रीको मूल्यमा एकरूपता कायम गर्ने । कृषि सामग्रीको बजारीकरणका लागि अन्तरप्रादेशिक बोर्ड गठन गर्ने ।

५) सरकारद्वारा दिइने नियमित वा विशेष अनुदानमा सही किसानको पहुँच स्थापित गर्नका लागि कार्यविधि वा मापदण्डमा भएका जटिलताहरू हटाएर सरल प्रक्रिया अवलम्बन गर्ने ।

६) कृषि प्रयोजनका लागि विकास, वाणिज्य, लघुवित्त संस्था तथा विभिन्न समूहहरूबाट लिइने ऋणलाई सरलीकृत र कम ब्याजमा प्रवाह गराउन पहल गर्ने ।

७) कृषि उत्पादनको खपतका लागि साना तथा घरेलु उद्योगहरूको स्थापना तथा प्रवद्र्धनसँगै जीर्ण उद्योगहरूको पुनर्उत्थानमा जोड दिने ।

८) खेतीयोग्य जग्गाको मरुभूमिकरण रोक्ने, विपत्का कारण नष्ट हुने कृषि सामग्रीका लागि किसानलाई क्षतिपूर्ति गर्न राहत तथा अनुदान तथा सामग्रीसम्बन्धी सजिलोे बिमा कार्यक्रम ल्याउने र उपयुक्त ठाउँमा कोल्डस्टोर निर्माण गर्ने ।

९) हरेक स्थानीय तहमा कान्जी हाउसको निर्माण । पशुपालनतर्फ नश्ल सुधार, हुलाकीमार्ग लक्षित भैंसी पालन तथा पाडो हुर्काउने । व्यावसायिक फारमका लागि घाँस,पशुखोप, दुघ सहकारीमार्फत कृषकका लागि दुधका क्यान र सहकारीका लागि डिप फ्रिज, भयाट, समूहमा बाख्रा तथा कुखुरा पालन र यस्ता कार्यक्रमको तेस्रो पक्षबाट अनुगमन, मूल्यांकन आदिको व्यवस्था ।

१०) बजारको मागबारे जानकारी र सूचना कृषकलाई गराउनुपर्ने ।

११) कृषिकार्यलाई डिजिटल प्लेटफर्मसँग जोड्नुपर्ने ।

१२) समयअनुसार ऐनकानुन बनाउनुपर्ने र भएका कानुनमा सुधार गर्नुपर्ने ।

वि.सं.२०७७ वैशाख २१ आइतवार १७:०० मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...