back
CTIZAN AD

नेपालमा बैशाख २१ सम्म ६३ हजार बढीमा कोरोना परीक्षण, आइसोलेनमा ७७ र रेडजोनमा ३२१ जना

वि.सं.२०७७ वैशाख २१ आइतवार

780 

shares

२१ बैशाख, काठमाण्डौं । नेपालमा शनिबार (बैशाख २१ सम्म) ६३ हजार २०२ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १ हजार ४७५ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १३ हजार ४०४ र आरडिटी प्रविधिबाट ४९ हजार ७८८ जनामा परीक्षण गरिएको हो ।

प्रदेश विवरण
त्यसैगरी प्रदेश नं १ मा ५ हजार ४९८, प्रदेश नं २ मा ५ हजार ७०९, बाग्मती प्रदेशमा ८ हजार ५१५, गण्डकी प्रदेशमा ५ हजार ८३४, प्रदेश नं ५ मा ४ हजार ४९२, कर्णाली प्रदेशमा ५ हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा २१ हजार ९५१ जना रहेका छन् । जसमा प्रदेश नं १ मा २ हजार ६१८, प्रदेश नं २ मा १ हजार ३३७, बाग्मती प्रदेशमा ४४०, गण्डकी प्रदेशमा ६२६, प्रदेश नं ५ मा १० हजार ६६७, कर्णाली प्रदेशमा ३ हजार ७८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १८५ जना रहेको स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

आइसोलेसन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा ७७ जना रहेका छन् । जसमा उपत्यकामा ४ जना र बाहिरका अस्पतालमा ७३ जना रहेका छन् । साथै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३२१ पुगेको छ । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

त्यसैगरी आज पर्सा र नेपालगन्जमा थपिएका १० जनासहित आजसम्म कूल संक्रमतिको संख्या ६९ पुगेको छ भने १६ जना निको भएर घर फर्किइसकेका छन् । जसमा पुरुष ५५ र महिला १४ जना रहेका छन् ।

उनीहरुको रुपन्देही १, नेपालगन्ज १, धनगढी १, भरतपुर १, विरगन्ज ९ र विराटनगर अस्पतालमा ३१ जना गरेर जम्मा ४४ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जानकराी दिएको छ ।  त्यसैगरी आज संक्रमण भेटिएकालाई नेपालगन्जको अस्पतालमा उपचार गरिने बताइएको छ ।

नेपालमा आजमात्रै १० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

वि.सं.२०७७ वैशाख २१ आइतवार १७:४६ मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...