२१ बैशाख, काठमाण्डौं । झट्ट सुन्दा जो कोहीलाई लाग्न सक्छ मजदुरमैत्री गैह्रआवासिय नेपाली संघ प्रबाशमा रहेका लाखौ नेपालीको अभिभाबक तर आज बिश्व प्रेश स्वतन्त्रताका दिन गैह्रआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका पूर्बसहसचिब एंवम सदस्य अर्जुन बराललाई ब्यत्तिगत आरोप लगाएर पदमा आसिन युवा संयोजक अरुण श्रेष्ठले निज बरालले फेसबुकमा लेखिएको स्टाटसलाई ईपिएस छिन्गु नामाकरण गरेको साईटमा नेपाल एयरलाईन्स कोरिया उड्न नदिन षडयन्त्र, कमिसन र नाफा लिन नपाएर छटपटाहट,नेपालको श्रम मन्त्रालयमा उजुरी हालेको लगायतको आरोप लगाएर शैलीमा स्टाटस पोस्टयाएका छन् ।
भएको के हो ?
कोरियामा बिभिन्न भिषामा रहेर नेपाल छुट्टिमा गएका नेपाली कोरोना भाईरसका कारण लकडाउन सँगै अन्तराष्ट्रिय उडान स्थगितको समस्याले समयमा कोरिया आउँन नपाएको कारण केहिको भिषा गुमिसकेको र केहिको गुम्ने अबस्थामा रहेकोमा एनआरएनए कोरिया र केहि ट्राभल्स एजेन्सीको सहकार्यमा सरकारसँग डेलीगेसन मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको निर्णय परराष्ट्र सहित गृहमन्त्रालयलाई बोधार्थ लेखि बैशाख १४ गते रोजगार प्रक्रिया प्रणाली मार्फत कोरियामा काम गर्ने अनुमति प्राप्त बैध प्रबेशाज्ञा भएका र हाल बिदामा नेपालमा रहेका ब्यक्तिहरु स्वेच्छाले आफनो काममा फर्कि जान चाँहेमा निजहरुको स्वास्थ्य परिक्षण गराई निजहरुकै खर्चमा चार्टड उडानबाट जान स्विकृती दिने निर्णयसँगै गैह्रआवासिय नेपाली संघ केन्दी्रय कार्यालय र नेपाल एयरलाईन्स बिच चार्टड सम्झौता भएको थियो भने उडानको मिति बैशाख १८ बिहिबारसँगै उडान खर्च १,१३,७७५ कायम गरिएको जानकारी बिभिन्न ब्यक्तिको सामाजिक संजालबाट गराईएको थियो तर बिबिधकारण जनाउँदै उडान स्थगित भएको जनाउँ दिएको थियो ।
यस बिषयमा केन्द्रित भएर केहि पहिले कोरियन एयरलाईन्सले नेपालमा रहेका आफना नागरिकका लागि एकतर्फि भाडाका लागि ८६४ अमेरिकी डलर कायम गरिएको एक स्क्रीनसट सँगै राखेर राष्ट्रिय ध्वजाबाहक बिमानको भाडादर किन महङ्गो सस्तो हुनुपर्ने कोही मर्काका नपरुन र प्रश्न नउठोस भनेर ब्यक्तिगत आसयको बरालले फेसबुकमा स्टाटस राखेका थिए तर त्यही स्टाटसकै कारण श्रम मन्त्रालयमा उजुरी परेको भनेर कसले कुन आधार र उद्देश्य के हो ? नखुलाई बिना प्रमाण पदको दम्भका कारण मनगढन्ते कहानी बनाएर कोरियामा रहेका मजदुर माझ नकरात्मक सहित निज बरालमाथि जे सुकै होस भन्ने नियतले बदनियत गरिएको छ भने समाचार तयार पार्दासम्म नेतृत्वबाट स्पष्ट धारणा आएको छैन यसबाट नेतृत्व नै पत्रकारलाई नङ्गयाउन लागेको त हैन भन्ने प्रश्न उठेको भन्दै पत्रकार महासंघ कोरिया शाखाले आपत्ति ब्यक्त गरेको छ ।
केहि समय पहिले एनआरएनए दक्षिण कोरियाको संयोजकमा कोरोना भाईरसको रोकथामका लागि एक ब्यक्ति एक किट सहयोग अभियानमा स्वतन्त्र अभियन्ताको रुपमा बराललाई कमिटि भित्र राखिएको थियो भने अभियान कोरियामा रहेका नेपालीको समर्थनले सफलपनि भएको थियो, ‘यस अभियानमा मैले सक्दो सहयोग गरेकै हो तर ब्यक्तिगत बिचारलाई लिएर सरकारको संयन्त्रलाई नै रोक्न सक्ने मेरो कुनै हैसियत छैन र हुँन्न पनि । म अझ पनि भन्छु कोरियामा रहेर बिभिन्न पेशामा आबद्ध जो कोहि नेपालमा बिदामा जाँदा भिषा अबधी सक्किएका र सक्किन लागेकाको कुटनैतिक तवरले समस्या समाधान हुनुपर्छ ।’ बरालको तर्क थियो । संस्मरण रहोस् कोरियामा बिभिन्न कानुनी समस्यालाई हल गर्न अहोरात्र खट्टिने एनआरएनए नै सामान्य जिज्ञासाको बिषयलाई अतिरंजित गर्ने र संस्थाको बिषयमा बोल्नै नहुने हुकुमी शैली केही पत्रकारले यस अघि भोगिसकेका छन् ।
यसै बिषयमा एमटियु कोरियाका अध्यक्ष उदय राई, महासचिब मधुसुदन ओझाले पनि ब्यक्तिगत जिज्ञासालाई अतिरंजित गराउँन नहुने धारणा ब्यक्त गरेका छन् भने कोरियाको समाजलाई राम्रोसँग बुझेका बैरागी माईला नामबाट परिचित मजदुरले ‘बिमान हो कि सुर्तीको पोको हो ?’ के जिज्ञासा राख्नै नहुने प्रश्नको स्वच्छ जिज्ञासालाई सामना गर्न नसके पद छोडे हुन्छ आफुले गर्न नसकेपछि अरुको चरित्र हत्या गर्नु जायज हैन, अरुलाई कानुनको पाठ पढाउनेलाई नै कानुन थाहा छैन एक मजदुरले चाहादैमा उडान स्थगित हुँने कस्तो कुटनैतिक सम्झौता हो,कुन मजदुरले नेपाल एयरलाईन्स कोरिया नआओस भन्ने चाहन्छ ? कमिसनको खेल नमिलेपछि आरोप लगाउँने ?’ उनको आक्रोशपूृर्ण भनाई थियो ।
त्यस्तै एनआरएनए कोरियाका पूर्ब अध्यक्षद्धय राजु क्षेत्री, बिनोद कुँवरले पनि ‘संस्था सबैको हो जिज्ञासा राख्न पाउँछ संस्था अभिभाबक हो तर स्वच्छ बिरोधलाई स्विकार गर्न नसकेर कसैमाथि खनिनु कदापि राम्रो होईन यसलाई नेतृत्वले कसरी हेर्छ त्यो महत्वपूर्ण बिषय रहेको’ भन्ने प्रतिक्रिया दिएका छन् भने नेपालमा रहेका नेपाली कोरिया ल्याउन सुरुवात देखिनै पहल गर्ने एनआरएनएका पूर्ब अध्यक्ष एंवम नेपाल टुर कम्पनि लिमिटेडका प्रोपाईटर केपि सिटौलाले ‘कसले भन्यो नेपाल एयरलाईन्स कोरिया ल्याउन हुन्न भनेर ? को हो त्यो मजदुरको पैसालाई कमिशनसँग कसले दाज्यो ? हावादारी र मनगढन्ते कुरा गरेर अरुलाई भ्रम किन छर्ने ?’ भन्ने प्रतिक्रिया दिएका छन् ।

वि.सं.२०७७ वैशाख २१ आइतवार १८:२६ मा प्रकाशित






























