back
CTIZAN AD

साउदीमा कोरोनाको कहरः नेपालीको समस्या समाधानका लागि दूतावास र संघसंस्थाको छलफल

वि.सं.२०७७ वैशाख २२ सोमवार

732 

shares

२२ बैशाख, काठमाण्डौं । साउदीमा कोरोना संक्रमण दिनप्रतिदिन बढीरहेको छ । साउदीमा आइतबार सम्म कोरोना संक्रमितको संख्या २७ हजार ११ पुगेको छ । जसमा आप्रवासी कामदार संक्रमणको उच्च जोखिममा रहेका छन् ।

साउदी अधिकारीले दिएको जानकारी अनुसार आइतबार (मे–३) सम्म २७ हजार ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एकैदिन १,५५२ जनामा संक्रमण पुष्टि भएको हो । साथै आप्रवासी कामदारमा संक्रमणको जोखिम उच्च देखिएकोले सावधानी अपनाउन पनि साउदी सरकारले सजग गराएको नेपाली दूतावास साउदीले जनाएको छ ।

त्यसैगरी कूल संक्रमित मध्ये ४ हजार १३४ जना निको भइसकेका छन् भने संक्रमित मध्ये १८४ जनाको मृत्यु भएको छ ।

नेपाली दूतावास र संघसंस्था सहकार्य गरेर अगाडि बढ्ने
कोरोना भाइरसको संक्रमणले प्रभावित बनेका साउदीका नेपालीको समस्या समाधानका लागि नेपाली दूतावास र त्यहाँ सक्रिय रहेका नेपाली संघसंस्थाहरुको सामुहिक छलफल सम्पन्न भएको छ ।

उक्त छलफलमा राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपूतले विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग अनलाइन बैठकको आयोजना गरेका गरेर छलफल गरेका थिए ।
छलफलमा सहभागीहरुले संक्रमणका कारण आउँदा दिनहरुमा नेपाली कामदारहरुमा देखिने समस्याको समाधानमा राजदूतावाससँग सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताएका थिए । सोहि अवसरमा राजदूतले संक्रमणको यो अवधिमा नेपालीहरुमा आइपरेका समस्या समाधानका लागि गरिएका प्रयास र उपलब्धिका बारेमा जानकारी दिँदै आगामी दिनहरूका लागि गर्नुपर्ने तयारीहरुका बारेमा बताएका थिए । उनले नेपाली समुदायबाट भइरहेको सहयोगका लागि धन्यवाद समेत दिएका थिए ।

छलफलमा नवलपरासी मंच, मिथिला संस्कृति समाज, रोल्पा सेवा समाज, स्याङजा सहयोग समाज, कास्की सहयोग समाज, काभ्रे सेवा समाज, मोरङ सुनसरी सेवा समाज, नेपाली प्रवासी समाज हायल, गन्तव्य नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र केही समाजसेवीहरुको सहभागिता रहेको थियो । उक्त छलफलमा नियोग उपप्रमुख, श्रम काउन्सेलर र दम्माम स्थित नेपाली राजदूतावासका जनसम्पर्क अधिकारीको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी साउदीमा कोरोना भाइरसबाट संक्रमित भएका नेपालीका बारेमा तथ्य जानकारी दिन साउदी सरकारलाई अनुरोध गरिएको र सरकारले क्षेत्रगत हिसाबले जानकारी उपलव्ध गराउने जानकारी दिएको पनि दूतावासले जनाएको छ ।

आफ्नो विवरण प्रष्ट टिपाउन दूतावासको अनुरोध

कोरोना संक्रमणसंगै रोजगार गुम्ने, खाना र आवासको अभाव लगायत समस्यामा परेका नेपालीहरुले आफ्नो समस्या टिपाउन राजदूतावासका कर्मचारीहरुलाई फोन गर्दा आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, इकामा नम्वर, आफ्नो काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम, आफनो समस्या प्रष्ट रुपमा जानकारी दिन दूतावासले अनुरोध गरेको छ ।

कतिपय नेपालीहरुले राजदूतावासले अन्य राजदूतावासको जस्तै अनलाइन फारम राख्न समेत सुझाव दिएको र ठूलो संख्यामा अनलाइन फारम भरेर पेश गर्न सहज नभएकाले टेलिफोनबाट विवरण संकलन गर्न लागिएको र त्यो प्रभावकारी भएको दूतावासले बताएको छ ।

सम्पर्कः (०११४६१११०८ कार्यलय समयमा, ०५५९३८९६००(WhatsAppसमेत), ०५०००३१७०५, ०५०००३४७८६, email: eonriyadh@mofa.gov.np

वि.सं.२०७७ वैशाख २२ सोमवार ०९:३८ मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...