back
CTIZAN AD

विप्रेषण घटेपछिको अर्थव्यवस्था के होला ?

वि.सं.२०७७ वैशाख २२ सोमवार

831 

shares

नेपाल पर्यटन बोर्डको पूर्वसिइओ सुवास निरौलाले कोरोनाका कारणठूलो नेपाली समूह विदेशबाट फर्कन बाध्य भएपछि हाम्रो अर्थव्यवस्था कस्तो होला भन्ने चिन्ता व्यक्त गरेका छन् । विदेशबाट नेपालीहरु फर्किएपछि अर्थतन्त्रको ३० प्रतिशत योगदान रहेको रेमिट्यान्स पनि घट्ने छ । यद्यपी रेमिट्यान्सको उपयोग अनुत्पादनमुलक क्षेत्रमै खर्च हुँदा पुनः विदेश नै रकम बाहिरिने गरेको छ । विप्रेषण भित्रिएको मात्र हिसाब गछौँ तर पुनः विविध बस्तु खरिदमा बाहिरीने विदेशी मुद्राको तुलनात्मक तथ्यांक आउने गरेको छैन । यस्तो तथ्यांक सार्वजनिक गरि विप्रेषण घट्यो भने भोलिको अर्थव्यवस्था के होला भन्ने जिज्ञासा सम्बन्धीत क्षेत्रका विज्ञहरुसँग राखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :

“हुनत म अर्थशास्त्रको विद्यार्थी होइन । तर यो कोरोनाकालले चिन्तित बनाएको एउटा सचेत र फुर्सद्मा बसेको नागरिकको हैसियतले मुलुकको बिविध पक्षमा भईरहेको छलफल मध्ये मेरो सबै भन्दा चासोको बिषय विप्रेषण प्रवाह (Remittance Flow)को सम्बन्धमा जान्ने ईच्छा जागेर आयो । प्राय सबैले यो माध्यमबाट मुलुकले कूल ग्राह्स्थ उत्पादन Gross Domestic Product-GDP को ३० प्रतिशत योगदान रहेको तथ्यांक सार्वजनिक गरिरहेका छन् । तर, यो माध्यमबाट प्राप्त बिदेशी मुद्रा मध्ये कति प्रतिशत पेट्रोलिय पदार्थको आयात, सवारी साधन र त्यसका लागी आवश्यक टायर ट्यूब, ब्याट्री, र पार्टपुर्जाको आयात, नेपाल मैं कडाईका साथ शैक्षिक गुणस्तर कायम नगरेर उच्च शिक्षाको नाममा बिना कुनै लेखाजोखा बर्षेनी बाहिरिने अरबौं बराबरको बिदेशी मुद्रा, बहुसंख्यक नेपालीको लागी नितान्त अनावश्यक विलासिताका बस्तुको अनियन्त्रित आयात, युरोप,अमेरिका, आर्जेनटिना, चीन, ब्राजील, जापान, टर्की, खाडी मुलुक, आदी देशबाट फलफूल लगायत अनावश्यक बट्टाबन्द खाद्य (Tinned Food)  को आयात, महँगो बिदेशी मदिरा, चुरोट र पेय पदार्थहरू, पर्यटकको सुबिधाको लागि होटलहरूले आयात गर्ने विलासिताको वस्तुहरु, रेस्टुरेन्टहरूले बिदेशी परिकारको लागि आयात गर्ने खाद्य सामग्रीको आयात, ब्राण्डेड लत्ताकपडा र पश्चिममा फेसनको सामग्रीहरूको अनावश्यक आयात, नेपालमा संगठीत र असंगठीत क्षेत्रमा भारतीय कामदारले बैंकिङ र गैह्र बैंकिंग श्रोतबाट बाहिरिने भारतीय मुद्रा बराबरको बिदेशी मुद्रा, लगायत यस्ता थुप्रै क्षेत्रहरूबाट बर्षेनी राज्यको के कति बिदेशी मुद्रा बाहिरिने गरेको छ ? विज्ञहरुको अन्तर्वार्तामा कतै यस्को तुलनात्मक तथ्याङ्क सर्वसाधारण नागरिकले बुझ्ने गरी सार्वजनिक भएको पाईदैन । यसरी बिप्रेषण  (Remittance)बाट बर्षेनी स्थाई र अस्थायी रूपमा मजदूर देशमा भित्रिने बिदेशी मुद्रा र यी बिबिध बस्तु खरीदमा देशबाट बाहिरिने बिदेशी मुद्राको तुलनात्मक तथ्याङ्क (प्रतिशतमा) सम्बन्धित आधिकारिक निकायबाट सार्वजनिक हुनसके विप्रेषण प्रवाह घट्यो भने भोली हाम्रो अर्थव्यवस्था के होला ? भन्ने अहिले हामी भित्र पलाएको अनजान भयबाट केहि राहत मिल्थ्यो की ? त्यसपछि हाम्रो विदेशी मुद्राको सञ्चिति घट्न नदिन हाम्रो देशबाट के कस्ता बस्तुहरु, विश्वका कुनकुन देशमा निर्यात गर्न सम्भब छ ? त्यस्को एकीन गरेर बिदेशबाट अब फर्किने जनशक्तिलाई तततत् क्षेत्रमा तत्कालै लाग्न प्रेरित गर्न सकिन्छ । यसै सन्दर्भमा E.F. Schumacher  को विश्व बिख्यात पुस्तक E.F. Schumacher को E.F. Schumacher  हाम्रो देशको लागी सान्दर्भिक हुन्छ की ! यसैमा केन्द्रित रहेर हाम्रा आदरणीय विज्ञहरूबाट यस्को जवाफ पाउन सकिन्छ की !
‘कृषि मूलश्चः जीवनम्”

वि.सं.२०७७ वैशाख २२ सोमवार १२:१५ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...