back
CTIZAN AD

सन्दर्भ एसईइ परीक्षाः पर्वतमा रेडियोबाट ट्युसन पढाउन थालियो

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

690 

shares

२६ बैशाख, पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन शुरु गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिकाले गत चैत ६ गतेदेखि शुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइई स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई पढाइमा सहयोग गर्न अनिवार्य तीन विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । लकडाउनको समयलाई सदुपयोग गराउने काममा सहयोग गर्न नगरपालिकाले स्थानीय पञ्चासे एफएम, रेडियो शालिग्राम र रेडियो कुशुमबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । इन्टरनेटको पहुँच नगरभित्र सबै ठाउँमा नपुगेकाले रेडियोमार्फत कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

विषयगत विज्ञता भएका शिक्षकहरुको परिचालन गरेर रेडियोमार्फत एसइई दिने विद्यार्थीको पढाइमा सहयोग गर्न रेडियो ट्युसन कक्षा सञ्चालन गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । लामो समय परीक्षा स्थगन हुँदा र घरमा बस्दा दिक्क मानिरहेका र फुर्सदमा भएका विद्यार्थीलाई व्यस्त राख्न र उनीहरुको सिर्जनात्मक विकास तथा पुनःताजगीका लागि हौसला प्रदान गर्न नगरपालिकाको खर्चमा रेडियोमार्फत ट्युसन पढाइ कार्यक्रम शुरु गरिएको जोशीले बताए ।

नगरपालिकाको सहयोगमा रेडियोमार्फत पढाउने कार्यक्रम बुधबार सम्झौता भई शुक्रबारबाट शुरु भएको हो । एक महिनासम्म सञ्चालन हुने ट्युसन कक्षामा प्रत्येक विषयमा दुई–दुई शिक्षकले सहजीकरण गर्नुहुने भएको छ । प्रत्येक विषयका लागि हरेक दिन एक घण्टाको समय मिलाइएको र उक्त समयमा विद्यार्थीले रेडियो सेटको नजिकै पूर्ण तयारीका साथ कापी, कलम र किताब लिएर सिकाइमा लाभ लिन सक्ने कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए । उनले यसका लागि सबै अभिभावक, सरोकारवाला र विद्यार्थीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

पञ्चासे एफएमबाट बिहान ९ बजेदेखि अङ्ग्रेजी विषयको कक्षा सञ्चालन हुने छ भने रेडियो शालिग्रामबाट बिहान ८ बजे गणित विषयको ट्युसन कक्षा शुरु हुनेछ । त्यसैगरी रेडियो कुशुमबाट बिहान ७ बजे विज्ञान विषयको कक्षा सञ्चालन गरिने नगर शिक्षा अधिकृत क्षेत्रीले जानकारी दिए । प्रविधिको सदुपयोगमार्फत विद्यार्थीको सिकाइमा सहयोग पु¥याउन सञ्चालन गरिएको रेडियो ट्युसन कार्यक्रमअन्तर्गत हप्तामा दुई दिन विषयगतरूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिने र उक्त प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीले विषयगत शिक्षकलाई आफूले नबुझेका र नजानेका प्रश्नहरु सोध्न सक्नेछन् भने शिक्षकले रेडियोबाटै जवाफ दिनुपर्ने व्यवस्था पनि गरिएको नगरपालिकाले जनाएको छ ।रासस

वि.सं.२०७७ वैशाख २६ शुक्रवार ०९:५२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...