back
CTIZAN AD

गिनिज वल्र्ड रेकर्डस निपेश ढाकाको ‘मिलानकोली’ गीत युटुयुवबाट सार्वजनिक

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

1.1K 

shares

२६ वैशाख, काठमार्डाैँ । गिनिज वल्र्ड रेकर्डसमा कायम ३६५ जना नेपाली कलाकारहरुको स्वरमा रेकर्ड भएको वातावरण सम्बन्धि चेतनामुलक ‘मिलानकोली’ गीत आज युट्युवबाट सार्वजनिक गरिएको छ ।

सो गीतलाई ४ बर्षपछि अभियन्ता निपेश ढाकाको युट्युव च्यानलबाट ‘प्रिमिएर सो’ गरिएको हो ।

२०७३ साल जेष्ठ ६ गते रेडियो नेपाल सिंहदरवारमा एकैदिनमा रेकर्ड गरिएको सो गीतको रेकडिङ्ग गरिएको थियो । रेकडिङ्गको उद्घाटन प्रधानमन्त्री के.पि शर्मा ओलीले बिहान ८ बजेबाट सुरु गरेका थिए भने साँझ ६ बजेसम्म गरिएको थियो ।

२६ विभिन्न समुहमा विभाजन गरेर रेकर्ड गरिएको सो कार्यक्रममा रेडियो नेपालका ३ वटा स्टुडियोको प्रयोग गरिएको थियो । २ वटा स्टुडियोमा रिहलसल गरेपछि तेस्रो स्टुडियोमा गएर लाईभ रेकडिङ गरिएको थियो । नेपालका करिब ६५ जिल्लाहरुको सामाजिक र पर्यावरणिय अध्ययन र अनुसन्धान गरि तयार पारिएको थियो । २०६९ सालमा जर्मनीको टेक्निकल विश्वविद्यालय म्युनिखबाट वातावरणमा स्नातकोत्तर तह अध्ययन पश्चात नेपाल फर्किएका निपेश ढाकाको शब्द, संगित, छायांकन र निर्देशनमा सो ३३ मिनेट ४९ सेकेण्डको गीत तयार भएको थियो ।

२०७४ साल भाद्र १७ गते विहिबार सो गीति एल्बमलाई सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारीले त्रिभुवन आर्मि अफिसर कल्बमा लोकापर्ण गरेका थिए । त्यस्तै २०७५ साल असोज २२ गते स्वर्गिय रविन्द्र अधिकारीले गिनिज वल्र्ड रेकड्सको प्रमाणपत्र वितरण गरेका थिए । त्रिभुवन विश्वविद्यालय किर्तिपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पुर्ण कलाकारहरु उपस्थित भएर कोरस गायन सँगै सबैले गिनिजवल्र्ड रेकर्डसको प्रमाणपत्र प्राप्त गरेका थिए ।

अभियन्ता निपेश ढाका वातावरण सम्बन्धि देशका विभिन्न भागमा चेतना मुलक कार्यक्रम गर्दै आईरहेका छन् । उनको पछिल्लो कार्यक्रम शुन्य पोलिथिन तिलोत्तमा अभियान हो । जसमा तिलोत्तमा नगरपालिका भित्रका १७ वडालाई नै चेतनाको माध्यमबाट पोलिथिनजन्य पदार्थ शुन्य बनाएर नेपालको पहिलो नमुना नगरपालिका माननिय कृषि तथा पशुपालन विकास मन्त्री घनश्याम भुषालले घोषणा गरेका थिए ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार १६:०२ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...