back
CTIZAN AD

संसदको बजेट अधिवेशन शुरु(हेर्नुस भिडियो)

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

741 

shares

२६ वैशाख, काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा बर्खे अधिवेशन आजदेखि शुरु भएको छ ।

सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७७/७८ को आय तथा व्ययको विवरण ९बजेट० आगामी जेठ १५ गते प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण संसद्को अधिवेशन शुरु भएको हो । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने सबै स्वास्थ्य परीक्षण र उपाय अवलम्बन गरेर अधिवेशन प्रारम्भ गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुअघि नेपाल सरकारको आगामी आवको नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानूनी बाध्यता छ । सदनमा भाग लिन आउने मन्त्रिपरिषद्का सदस्य, सांसद,कर्मचारी र सुरक्षाकर्मीलगायतलाई बैठक कक्षमा प्रवेश गर्नुअघि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको मूलद्वारमा साबुनपानीले मिचीमिची हात धुने र सेनिटाइजरबाट निसङ्क्रमण हुने व्यवस्था मिलाइएको छ । जुत्ताबाट हुन सक्ने जोखिमलाई ध्यान दिँदै मूलद्वार अघि सेनिटाइजरको व्यवस्था गरिएको छ ।

अधिवेशन प्रारम्भ भएको पहिलो दिन भएकाले फोटो पत्रकारले राजनीतिक दलका नेता र सांसदका विभिन्न गतिविधिको तस्वीर लिन तँछाडमछाड गरिरहेको देखिन्थ्यो । मूलद्वारमा सांसदको स्वास्थ्य परीक्षण गर्ने सन्दर्भमा ज्वरो नाप्ने व्यवस्था गरिएको थियो । प्रतिनिधिसभाको बैठक निर्धारित समय ठीक ४ः०० बजे शुरु भएको थियो भने राष्ट्रियसभाको बैठक भने केही ढिलो ९४ः१० बजे० मात्रै प्रारम्भ भयो ।

सङ्घीय संसद्को छैटाँै अघिवेशन प्रारम्भ भएसँगै सभामुख र अध्यक्षले राष्ट्रपति कार्यालयबाट संसद् आह्वानसम्बन्धी पत्र वाचन गर्नुभएको थियो भने त्यसलगत्तै लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि बलिदान दिने शहीदको सम्मानमा मौनधारणा गरियो । सभामा संसद्का लागि दूरी कायम हुने गरी कुर्सीको व्यवस्था गरिएको छ ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार १६:२७ मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...