back
CTIZAN AD

कोरोना अपडेट : ४० लाख बढीमा कोरोना संक्रमण, भारतमा झण्डै २ हजारको मृत्यु

वि.सं.२०७७ वैशाख २७ शनिवार

813 

shares

२७ वैशाख, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१२ देशमा फैलिएको छ ।

वैशाख २७ (सन् २०२० मे ९) बिहान ८.०० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका ४०,१२,८३७ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २७६,२१६ पुगेको छ । एकैदिन ९५३०५ कोरोनाका संक्रमित थपिएका छन् भने ५४९६ जनाको मृत्यु भएको छ ।

निको भएर घर फर्किएकाहरु संख्याका १,१३८५,१३५ छ भने उपचाररत हालको बिरामीको संख्या २,३५१,४८६ रहेको छ । जसमध्ये २,३०२,७८७ को अवस्था मध्यम छ भने ४८,६९९ को स्थिति गम्भिर रहेको छ । गम्भिर बिरामी २ प्रतिशत रहेको छ ।

पछिल्ला केहि दिनदेखि संक्रमित भएर निको हुनेको संख्या बढेको छ । सोमबारको तथ्यांकले बिरामी मध्ये ८३ प्रतिशत सन्चो हुने गरेका छन् भने १७ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,३२१,७८५ पुगेको छ भने ७८,६१५ को मृत्यु भएको छ । एकै दिन २९,१६२ नयाँ संक्रमित थपिएका छन् भने १६८७ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित र मृत्यु घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो बेलायत बनेको छ । बेलायत संक्रमित हुनेमा चौँथो र मृत्यु हुनेमा दोस्रो देश बनेको छ । बेलायतमा २११,३६४ जना संक्रमित रहेका छन् भने ३१,२०१ जनाले ज्यान गुमाएका छन् ।

इटाली तेस्रो स्थानमा छ । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, बेलायत, रसिया, फ्रान्स, जर्मनी, ब्राजिल, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(७८,६१५) बेलायत दोेस्रो (३१,२४१), इटाली तेस्रो(३०,२०१), स्पेन चौंथोे(२६,२९९), फ्रान्स पाचौँ (२६,२३०), बेल्जियम छैठौं(८,५२१), ब्राजिल सातौँैँ (१०,०१७), जर्मनी आठौं (७,५१०), इरान नवौँ (६,५४१), नेदरल्याण्ड दशौँ(५३५९) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।

ब्राजिल र चिलीमा बढ्दो रुपमा देखिएको छ ।

नेपालमा बढ्दै तथ्याङ्क :
नेपालमा २४ घण्टा अर्थात् शुक्रबार १ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । शुक्रबार मात्रै ८ जना बिरामी निको भएर फर्किएका छन् । यससँगै ३० जना निको भएर फर्किएका छन् । शुक्रबारसम्म १५,४९२ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको थियो भने । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन जेठ ५ गतेसम्मलाई लम्ब्याएको छ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ५९,६९५ जना संक्रमित रहेको र १,९८५ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र ३३८० जना नयाँ संक्रमित थपिएका छन् भने भने ९६ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने भारतमा बढिरहेको छ । संक्रमितको हिसाबमा भारत १४ औँ स्थानमा रहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख २७ शनिवार ०८:३८ मा प्रकाशित

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...