back
CTIZAN AD

एक चिनियाँ नर्सले अमेरिकी राष्ट्रपतिलाई पठाइन् वुहानको वास्तविक कहानीको यस्तो पत्र

वि.सं.२०७७ वैशाख २७ शनिवार

696 

shares

एक चिनियाँ नर्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएकी छन् । उनले आफूले वुहानमा बिताएका स्मरणहरु उल्लेख गर्दै कोभिड १९ विरुद्ध अमेरिकी जनतालाई सफलता मिलोस् भन्दै शुभकामना पठाएकी छिन् ।

महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्प,
नमस्ते, तपाईलाई कस्तो छ ?, म चीनको एक अस्पतालमा श्वासप्रश्वास विभागको नर्स हुँ । वुहानको अस्पतालमा सहयोगीका रुपमा काम गरी अहिले आफ्नो जन्म घरमा फर्केकी छु ।

ती दिनहरुको याद अहिले पनि ताजै छ, देशभरबाट ४२ हजार मेडिकलकर्मीहरु, जो भाइरसको महामाहरीसँग लड्न वुहानमा आइपुगेका थिए, हुवेईका नागरिको जीवन बचाउन दिनरात काममा खटिएका थियौँ ।

म तपाईलाई यो पत्रमार्फत वुहानमा हामीले भोगेका केही कथाहरु सुनाउन चाहन्छु ।

शुरुमा महामारीको धेरै खतरा थियो । मेडिकल आपूर्ति निकै कम थियो । हामीले पनि सुरुका दिनमा मेडिकल सामग्रीहरुको अभाव भोगेको सम्झना पनि छ । पैसा बचाउन हामीले हावा लिनको लागि मात्र केही सुरक्षाका कपडाहरु पाएका थियौँ । हामी पहिले नै पसिनाले भिज्दथ्यौँ, चक्कर र वाकवाकीको महशुस हुन्थ्यो ।

जुन दिन म वुहान गएँ, त्यसदिन चिनिया नयाँ वर्षको सन्ध्या थियो । चिनिया जनताका लागि ठूलो चाड, चिनिया परिवारमा पुर्निमिलनका सबैभन्दा महत्वपूर्ण दिन थियो, संयुक्तराज्य अमेरिकामा क्रिसमसको पूर्वसन्ध्या जस्तै । तर म एक चिकित्साकर्मी हुँ, र मेरो कर्तव्य बिरामीको जीवन बचाउने हो र यहि प्रतिज्ञा गरेँँ । यस्तो बेलामा हामी ४२ हजार सुरक्षार्कीहरु भने आफ्ना परिवारबाट अलग भई महामारीको रोकथामका लागि बिना कुनै पछुतो, लगातार खटेर कार्य गरेका थियौँ ।

अमेरिकाका डाक्टरहरुप्रति मेरो सहानुभूति छ, जब उनीहरु केवल प्लाष्टिकको ब्यागलाई सुरक्षा कपडाको प्रयोग गर्न सक्छन् भनेर भनिएको थियो । अमेरिकी चिकित्सकर्मीहरुको परिवार देखेर मलाई साह्रै दुःख लाग्यो, उनीहरुले आफ्ना प्रियजनहरुको तस्विर समाउँदै रोएको देख्दा मेरो मुटु छियाछिया भयो । सँगै धेरै बिरामीहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएको देख्दा अत्यन्त खुशी लाग्थ्यो ।

सबैभन्दा गाह्रो दिन बितेको छ । मलाई सबैभन्दा खुशीको क्षण त्यो लाग्थ्यो, जब कोभिड १९ का बिरामीहरुलाई डिस्चार्ज गरी अस्पतालबाट घर पठाइन्थ्यो, विशेष गरी कपाल फुलेका बिरामीहरु ।

हामी सबै बिरामीहरुलाई उनीहरुको आफ्नै आमाबुबाको रुपमा हेरचाह गथ्यौँ । । हामीले उनीहरुलाई कहिले पनि दुखित हुन र जीवनबाट हार मान्न दिएनौँ । हामीले ३६ सय भन्दा बढी बिरामीको उपचार गर्यौँ । हुुवेई प्रान्तमा ८० वर्ष भन्दा माथिका बिरामीहरुलाई निको पारेका छौँ । वास्तवमै म निकै खुशी छु, गर्व गरेको छु । मैले तिनीहरुको जीवन बचाउन सक्दो काम गर्ने अवसर पाएँ ।

वुहानमा चिकित्साकर्मीहरुले राम्रो उपचार गर्न सक्दो कोशिस गरे । बिरामीका रुपमा १०८ वर्षका देखि ३० घण्टाका बच्चाहरु समेत थिए । जीवन बचाउनु हाम्रो कर्तव्य हो, जीवन सबैभन्दा माथि छ ।

महामहिम राष्ट्रपतिज्यू, यो वुहानमा भएको घटनाको वास्तविक कहानी हो ।

मलाई थाहा छ, यस घडीमा धेरै अमेरिकी भाइरसबाट पीडित छन् । अमेरिकाले यस महामारीलाई जित्नसक्ने र सबै जनताले सुस्वास्थ्य प्राप्त गर्नसक्ने मेरो शुभकामना छ । साथै महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिरहेका सबै चिकित्सकलाई अभिवादन गर्न चाहन्छु । अमेरिकी जनतालाई शुभकामना ।

(एजेन्सी)

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:३६ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...