back
CTIZAN AD

कविताः नीला ज्याकारान्डा र चक्रपथ

वि.सं.२०७७ वैशाख २७ शनिवार

858 

shares

ऊ मलाई
माथिमाथि नफुल्नु भन्छ
नीलो फूल नीलो आकाश
मन पर्दैन भन्छ
उसको दायाँबायाँ नउभिनु भन्छ
ऊमाथि
बिनासित्ती नढल्नु भन्छ
यानेकी ऊ चक्रपथ
अनि उसकै वरिपरि फुल्ने
म निरीह निलो ज्याकारान्डा


सर्वाङ्ग देखाएर आजकल
मलाई गिँडिरहन्छ
मेरा बैजनी सपनाहरु
र बेसर्माईलो छाती फुलाउँछ
भन्छ ,उसलाई मन पर्दैन रे
माथिमाथि फुल्ने नीला फूलहरु
भन्छ, उसलाई रिस उठछ रे
मगमगाएको बैशाख र वसन्तहरु
यानेकी ऊ चक्रपथ
अनि उसकै वरिपरि फुल्ने
म निरीह नीलो ज्याकारान्डा

आजकल
मेरो चक्रपथ ठान्छ
ज्याकारान्डा संगको उसको दुस्मनी
लगभग सकिएको छ
नीला फूलहरु संगको सङ्घर्ष
लगभग अन्त्य भएको छ
चिन्दिन म गल्लिहरु
परिणाम सुकेधारा ओर्लनु पर्ने म
आज
बसुन्धरा आईपुगेको छु
यसरी सडक षडयन्त्र गर्छ म बिरुद्ध
याने कि ऊ चकपथ
अनि म उसकै वरिपरि फुल्ने
निलो ज्याकारान्डा

सडक, मेरो सुन्दरता
कहाँ अनुभूत गर्न सक्छ
मृत सडकहरु
मेरो स्वतन्त्रता कहाँ मन पराउँछ
ईर्ष्या गर्छ मेरा बैजनि फूलहरुको
र भारी लगाउँछ
मेरा हरिया सपनाहरु ट्रकहरुमा
रमाईरहेछन् गिँड्न पल्केका
बधशाला काठ मिलहरु
याने कि ऊ चक्रपथ
अनि म उसकै वरिपरि फुल्ने
निलो ज्याकारान्डा

भन्छ
सुखी जनता नफुलेका बेला
तँ किन निलाम्मै किन फुल्नु पर्यो ?
सम्मृद्ध नेपाल नउठेका बेला
तँ मेरो वरिपरि
किन हरियै भएर झाङ्गिनु पर्यो ?
मसंग किन प्रतिस्पर्धा गर्नु पर्यो ?
मेरो हत्यामा
बैँस र लहरे पिपल
शोक मनाई रहेका बेला
सर्वाङ्ग एकलै दौडिरहन्छ
मेरो चक्रपथ
यानेकी सरकार
अनि म उसकै वरिपरि फुल्ने
निलो ज्याकारान्डा
बन्दी भएको छु
काठमिल बधशालामा…!!

 

ठेगानाः चौडन्डी नगरपालिका–४ बसाहा, उदयपुर
हल-बाँसवारी, काठमाण्डौं

नोटः विकासका नाममा सडक दाँया बाँया रहेका सुन्दर ज्याकारान्डाका रुखहरु काटेर बिरुप बनाईएको छ । वसन्त ऋतुमा यी बैजनी ज्याकारान्डा फुलेर सडकहरु मनमोहक हुन्थ्यो । सडकमा यात्रा गर्दा मन कति पुलकित हुन्थ्यो । अहिले उजाड भएको छ चक्रपथ र कलमलाई बेस्कन दुखेको छ ।

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:१५ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...