back
CTIZAN AD

कविताः युग पुरुषको खोजीमा

वि.सं.२०७७ वैशाख २७ शनिवार

672 

shares

हामी
उनीहरूलाई
साथ दियौं,
केही बाँकी नराखी
सब थोक दियौं,
भर्याङ बनेर चढायौ माथि ।

आँशु,
खुशी,
रगत,
जेजे माग्छन्, सबै दियौं ।

लाग्छ,
माग्नका लागि केही छैन,
त्यसै गरी
दिनका लागि पनि ।

माग्न बानी बसेका
उनीहरू
तर,
फेरि
पछिल्लो चरणमा
आएर
पूर्णेको जून मागे,
हामीले दियौँ ।

त्यतिले पुगेन,
स्वतन्त्र उड्ने
फराकिलो आकाश मागे,
त्यो पनि दियौँ ।

लगत्तै
निर्वाध दौड्ने
खुला मैदान मागे,
हामी
विशाल मैदान पनि खाली गरिदियौँ ।

तर
उनीहरू
न जून चिने,
न आकाश पढे,
न मैदानको महत्व बोध गरे !
न शहीदको रगतको मूल्य नै ।

न गुन देखे,
न माल पाएर चाल पाए ।

जून,
आकाश

मैदान
भिल्लका देशमा
मणि जस्तै भए ।

भन्छन्,
सतिले सरापेको माटो ।

तर पनि
सगरमाथा ,
सिसिफसको अभ्यास गर्दैछ,
धर्तिका उद्दारमा,
प्रमिथस जस्तै
युग पुरुषको खोजीमा ।

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:१३ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...