हामी
उनीहरूलाई
साथ दियौं,
केही बाँकी नराखी
सब थोक दियौं,
भर्याङ बनेर चढायौ माथि ।
आँशु,
खुशी,
रगत,
जेजे माग्छन्, सबै दियौं ।
लाग्छ,
माग्नका लागि केही छैन,
त्यसै गरी
दिनका लागि पनि ।
माग्न बानी बसेका
उनीहरू
तर,
फेरि
पछिल्लो चरणमा
आएर
पूर्णेको जून मागे,
हामीले दियौँ ।
त्यतिले पुगेन,
स्वतन्त्र उड्ने
फराकिलो आकाश मागे,
त्यो पनि दियौँ ।
लगत्तै
निर्वाध दौड्ने
खुला मैदान मागे,
हामी
विशाल मैदान पनि खाली गरिदियौँ ।
तर
उनीहरू
न जून चिने,
न आकाश पढे,
न मैदानको महत्व बोध गरे !
न शहीदको रगतको मूल्य नै ।
न गुन देखे,
न माल पाएर चाल पाए ।
जून,
आकाश
र
मैदान
भिल्लका देशमा
मणि जस्तै भए ।
भन्छन्,
सतिले सरापेको माटो ।
तर पनि
सगरमाथा ,
सिसिफसको अभ्यास गर्दैछ,
धर्तिका उद्दारमा,
प्रमिथस जस्तै
युग पुरुषको खोजीमा ।
वि.सं.२०७७ वैशाख २७ शनिवार १०:१३ मा प्रकाशित



























