back
CTIZAN AD

कविताः सम्भवामी युगेयुगे

वि.सं.२०७७ वैशाख २७ शनिवार

645 

shares

दुखःहरुको जुलूस निस्केको छ
पीडाहरु साथ दिंदैछन्
भय, त्रास र सन्त्रासहरु पनि
चूपचाप सामेल भएका छन् जुलूसमा
असिम बेदना नारा लगाइरहेको छ
सडकभरि छताछुल्ल छन्
आँसुका भेलहरु !

रोदनोत्सवमा छन्
दमकलहरु
एम्वुलेन्सहरु
अस्पतालहरु
वीसौं शताब्दिको मध्यान्ह
पूर्ण खग्रासले ढाकेको छ
कहाँ पुग्ने यो जुलूस
निस्पट्ट अँध्यारो सुरुङबाट ?

भक्तहरु विना
पुजारीहरु विना
आशौच मुद्रामा छन्
मन्दिरहरु, मूर्तिहरु !
सुकेका छन् खङ्ग्रङ्गै
फूल प्रसादहरु
सन्नाटाको झूल भित्र गुन्जिरहेछ
शोकधूनको निरसिलो सङ्गीत ।

विहानीको स्वच्छ सिर्सिरे वतासले ब्यूँझदा
म देख्दछु
होश हराएजस्ता खुशीहरु
विषालु नशाले लट्ठिएका आशाहरु
बेहोशीमा पोखिएर छरिएका सपनाहरु
हाच्छिउँ गरिरहेका जीजिविषाहरु
अहो ! अब सूर्योदयसँगै
जागृत हुनुपर्छ सबैसबै
फर्काउनुपर्छ हराएका होशहरुलाई
गाउनुपर्छ कोरसः
सम्भवामी युगेयुगे !

२२ अप्रिल २०२०
बृन्दावन, भारत ।

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:१२ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...