१
रित्तो खल्तीको पीडा
बेरोजगार छन् युवा
गाउँमा सिंहदरबार !
२
किसानको छोरो म
छर्नुछ पसिना बीज
श्रमले उब्जाउँछ अन्न।
३
कृषिप्रधान देश
पल्लो गाउँको अन्न रे !
किसानको छोरो खाडीमा।
४
चम्किलो बन्दै जाऊ
ज्योति छर्दै जगतमा
चन्द्र–सूर्य जस्तै उज्यालो ।
५
नियालेर हेर्नोस् त !
गरीबी दिनचर्या त्यो,
भोग्नेलाई पो थाहा हुन्छ ।
वि.सं.२०७७ वैशाख २७ शनिवार १०:१० मा प्रकाशित



























