back
CTIZAN AD

लघुकथाः गरिब

वि.सं.२०७७ वैशाख २७ शनिवार

738 

shares

सन्ते र बिरे एक अर्काका छिमेकी मात्र नभएर दौतरी पनि थिए । सानै देखि एउटै पाखा–पखेरा, पानी–पधेंरो र घर–स्कुल गर्दै संगसंगै हुर्केका थिए । उनिहरूको घरको आर्थिक अवस्था भने धर्ति–आकासको फरक थियो ।

सन्तेको परिवारलाई बिहान बेलुकी हात मुख जोड्न पनि धौधौ थियो । उनिहरूको परिकार भनेकै कोदोको ढिंडो, सिस्नोको खोले र गुन्द्रुकको झोल हुन्थ्यो ।
उता बिरेको परिवारको भने रवाफ नै बेग्लै थियो । उसको घरमा दिनदिनै मसिनो चामलको भात, रहरको दाल र मासुका परिकार नै पाक्ने गथ्र्यो ।

साथी साथीको बिचमा पनि कहिलेकाहीं झैझगडा हुनु कुनै नौलो कुरा होइन् । बेला बेलामा सन्ते र बिरेको पनि झगडा पथ्र्यो । त्यो बेला भने बिरेले सन्तेलाई हेप्ने गथ्र्यो ।
‘तं सधैं ढिडो, सिस्नु र गुन्द्रुक खाने –गरिब । म सँग निहु खोज्छस् ? तं मेरो साथी बन्न पनि लायक छैनस् ।’
बिचरा सन्ते ! नाजवाफ हुन्थ्यो । गरिब हुनु परेकोमा आफ्नो भाग्यलाई धिकाथ्र्यो । मन खिन्न पार्दै चुपचाप आफ्नो घरतिर लाग्थ्यो ।

बिरे र उसको परिवार वेलायत गएर उतै बसोवास गर्न लागेको पनि डेढ वर्ष बितेछ । यसै क्रममा उनिहरूलाई सुगर र ब्लड प्रेसर जस्ता रोगले समातेछन् । मासु, भात र अन्य जंक फुडहरू खान नहुने भएछ । यता सन्तेको बुढाबुढी खोलाको किनारामा सिस्नुको मुन्टा टिप्दै थिए ।

सन्तेको मोवाइलको घण्टी बज्यो । हत्त न पत्त मोवाइलको स्वीच अन गर्दै बोल्यो ।

‘हेल्लो ! हेल्लो !! को ?’

‘म बिरे क्या, तेरो साथी । बेलायतबाट । अब त चिनिस् ?’

‘ए, बल्ल चिने । अँ भन के छ, तेरो खबर ?’

‘ठिकै छ यार। यहाँ हामी दुबैलाई ढिंडो र सिस्नुको तरकारी असाध्यै मन पर्छ । गुन्द्रुक पनि मन पर्छ । दुइ पाथी कोदोको पिठो, चार माना सिस्नुको धुलो र दुइ किलो गुन्द्रुक पठाइदे न । अर्को हप्ता पल्लाघरे हर्के आउंदैछ, उसैको हात ।’

‘ल ल हुन्छ, म पठाइ दिउँला ।’ भन्दै सन्तेले फोन राख्यो ।

सिस्नु टिप्दै गरेकी श्रीमति तर्फ हेर्दै भन्यो । ‘बिचरा बिरे !!! उ पनि बेलायत गएर हाम्रो लेभलमा पो आयो कि क्या हो ? नगएको भा हुने नि…।’

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:०८ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...