back
CTIZAN AD

मेरा पाँच मुक्तक

वि.सं.२०७७ वैशाख २७ शनिवार

1.4K 

shares


दुःख पिर चिन्ता कुनै कुरा, अब म लेख्दै लेख्दिन
तिम्रो अनि छिमेकीको कुरा, अब म लेख्दै लेख्दिन
कहिले त, आफ्नाको कुरा पनि त मान्नु पर्यो नि मित्र
नभएको बाहेक भएको कुरा, अब म लेख्दै लेख्दिन


मन मेरो बेईमान, पराईलाई पनि आफ्नै ठान्छ नि
दिल मै डेरा जमाएर, उनैलाई पो आफ्नो मान्छ नि
बन्द छातीमा कहाँ बाट छिर्यो यो मायाँ भन्ने चिज ?
बल्छीमा फंसेको माछालाई झैं बेलाबेला तान्छ नि


जिन्दगी को महत्व तिम्रो हाम्रो,“सास“ रहे सम्म न हो
तिम्रो मेरो सम्बन्धको कहानी, “खास“ रहे सम्म न हो
जलवायु जस्तै परिवर्तित हुने जमाना हेर ! भर कहाँ छ
माया मोह जताउने स्वार्थ हेरी , “आश“ रहे सम्म न हो


भेट हुन्थ्यो नजर झुक्थ्यो, कयौं दिन बिते त्यसै ’गनिएन’
लाएथ्यें मायाँ एकछत्र, भन्नपर्ने कुरा मुख फोडी ’भनिएन’
अन्तरयामी न म हुन सकें, न तिमीले बुझ्न सक्यौ प्रिय !
बर्षौं पछि आएथ्यो पत्र, भिजायो आँसुले पढनै ‘सकिएन’


लोकतन्त्रमा आफू बाहेक, ‘लोकै’ देख्दैन मेरो सरकार !
आफू खाई डकार्छ जनता, ‘भोकै’ देख्दैन मेरो सरकार !
नशाले चुर छ, कुखुरे बैंस छ, प्रहर्षण भएको छ दुनिया
भोका नाङ्गा दुःखी र गरीब, ‘रोकै’ देख्दैन मेरो सरकार !

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:०७ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...