back
CTIZAN AD

शब्द र तस्विरमा निर्मल लामा : कसले के भने ?

वि.सं.२०७७ वैशाख २७ शनिवार

6.8K 

shares

२७ वैशाख, काठमाडौँ । नेपालको राजनीतिक आन्दोलनका शिखर व्यत्तित्व, क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका एक प्रमुख व्यक्तित्व तथा सरल जीवन र जनमैत्री व्यवहारका सम्प्रेषक भनेर चिनिएका निर्मल लामाको २० औँ स्मृति दिवसका अवसरमा उहाँप्रति अर्पण गरिएका केही प्रतिनिधि भावनाहरु यहाँ प्रस्तुत गरिएको छ ।

(तस्विरहरु स्रोत : मातृका पोखरेल)

लीलामणि पोख्रेल
अध्यक्ष, निर्मल लामा स्मृति प्रतिष्ठान नेपाल
नेपाली कम्युनिस्ट आन्दोलनका सच्चा, अनुकरणीय आदर्शका धरोहर, कम्युनिस्ट आन्दोलनका सिद्धान्तनिष्ठ, इमान्दार, श्रमजीवी जनताका अनन्य वर्ग मित्र, देशभक्त, सङ्हर्शका पर्याय, निडर, नीर्मल, निस्छल पारदर्शी जीवनका पारस, गरीव किसान मजदुरको जीवनमा भिजेका वास्तविक जननेता कमरेड निर्मल लामाको बीसौं स्मृति दिवसका अवसरमा कामरेड लामाप्रती लाल सलाम सहित श्रद्धाञ्जली ! बिचारको स्खलन तथा खडेरी परेको आजको अवस्थामा लामाको अभाव अझ खड्केको छ। प्रेरणा सधै अनुकरणीय हुनेछ । कोरोना प्रकोपले गर्दा ‘निर्मल लामा स्मृति प्रतिष्ठान, नेपाल’ ले गर्दै आएको स्मृति कर्यक्रम स्थगित गरि श्रद्धा सुमन मात्र व्यक्त गर्दछौं ।

नारायण शर्मा
नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका श्रद्धेय सच्चा, स्वच्छ र सरल नेता क. निर्मल लामाजीप्रती हार्दिक सम्झना, श्रद्धा र सलामी ! उहाँका क्रान्तिकारी विचार र व्यवहारहरु, स्वच्छ, पारदर्शी र खुला जीवन र कार्यहरुको अनुशरण, संरक्षण र संबर्धन गर्न कटिबद्ध होऔं । आज वैचारिक विचलन र सांस्कृतिक स्खलनका कारण भयङ्कर भ्रष्टीकरण र भाँडभैलो भएर भीरबाट भँड्खालोमा भासिंदै गरेको नेपाली कम्युनिस्ट आन्दोलनलाई शुद्धीकरण, सर्वहाराकरण, रुपान्तरण र क्रान्तिकारीकरण गर्न क। लामाका योगदानहरु झन् सान्दर्भिक, आवश्यक र महत्वपूर्ण प्रतीत भएका छन् । यश सन्दर्भमा उहाँका विचार, भावना र कर्महरुको अवलम्बन र कार्यान्वयन गर्नु नै उहाँप्रती सच्चा श्रद्धाञ्जली हुनेछ !

टंक कार्की
डाक्टर हुने, इन्जिनियर हुने सब सपना चकनाचुर भई सकेका थिएँ । अघिल्लो वर्ष मात्रै करिव डेढ महिना थुनेर मलाई महेन्द्र मोरंग क्याम्पस, विराटनगरबाट रेस्ट्रिकेट गरी सकेका थिए । त्यो पनि ६ महिना मोरंग नपस्ने गरी डाडो कर्टार । एक वर्ष पछि, ०३३ सालको माघ फागुन हुनुपर्छ म बनारस आई.ए को प्राइभेट परीक्षार्थी भएर गएको थिएँ ।

बनारसको घाँसी टोला, उ बेला निर्मल लामा जीहरु यहीं बस्नु हुन्थ्यो “मलाई निर्मल लामा भेट्ने छुद्धे जागेर आयो  । यसो हुनुमा कारण थियो । आफु ‘ठुटे झापाली’ भएर अन्य कम्युनिष्ट समुह बारे पढिएको थियो, ‘मोहन विक्रम–निर्मल लामा जीहरुको ‘चौथो महाधिवेशन’ चाहीं अलिक क्रान्तिकारी’ हो । मुलमै भेटेर प्रत्यक्ष जाँचपड्ताल गर्ने यो राम्रो अवसर पनि थियो । उस्तो गाह्रो पनि भएन, साथीहरुले निर्मल जीको डेरामा पुर्याई दिए ।

जव म उनको डेरा भित्र छिरे एकजना अर्ध वैंशे जस्तो मानिस भान्से छ र परिपन्चिसले खानाको भाग लाउँदै छ । ‘ ध्रुव नारायणले परिचय गराए, ‘वहाँ नै हो निर्मल लामा !’ मैले आदरपुर्वक नमस्कार गरें ।
‘म टंक कार्की, साथीहरुले मेरो बारेमा बताउनु र्भएको होला !’ मैले लम्बेतान इतिवृतान्त पस्किन उचित ठानिन । समयको तकाजा पनि त्यस्तो थिएन । साथीहरुले सुनाका हुनन्, ‘यो हाम्रोतिरको सानोतिनो कम्युनिष्ट नै त हो ।’
‘अँ, मैले सुनेको छु तपाईको बारेमा । अन्यथा न बरालीकन उनले भने, ‘खाना यतै खाउँ है, कामरेड !’ (कमरेड नभर कामरेड ?!! खैर केही छैन न सुनेको धेरै भयो ।)
‘होइन, धन्दा मान्नु पर्दैन, मेरो खाना उतै बनेको छ ।’ मैले आस्वस्थ पारेँ ।

त्यसपछि भने हामीले एकछिन वार्ता गर्यौं, म अक्सर श्रोता थिएँ तर उनले कुनै पाण्डित्याईं छाटेनन् । पंचायती राजशाहीको चरित्र सम्झाए र कम्युनिष्टहरुको उपचार (prescription) बताए । ‘यस शासनको सबभन्दा थिचोमिचो र उत्पिडनमा पर्ने गरिब निमुखा नै हुन् र यसको विरुद्धमा उनीहरु नै पहिला जागृत हुनुपर्दछ । संगठित हुनु पर्दछ र लड्नु पर्दछ । उनले मसंग कुरा गरी रहँदा यो चाहीं प्रक्षेपण हुन्थ्यो कि नेपाली कम्युनिष्ट आन्दोलनमा ‘चौम’ नै मूल र प्रतिधि धार हो । पार्टी यत्रतत्र फ़िजिएको छ र ठुलो जन समर्थन छ ‘ तर उनले ‘झापाली जस्तो उग्रवामपन्थी चाहीं हुनु हुँदैन नी !’, कहीं भनेनन् । उनलाई म ‘झपाली’ भन्ने भेउ पनि भएन होला । मेरै साथीलाई त त्यसबारे अत्तोपत्तो थिएन । यदि उनलाई त्यो थाहा हुन्थ्यो भने मेरो पनि बुद्धि भुट्न उनि कहाँ चुक्थे होला र ?’ त्यसो गर्नु राजनीतिमा अक्सर चल्ने खेल हो । तर यसले मलाई भने एउटा छाप के पर्यो भने उनि ‘झापाली विरोधी’ भने होइन रहेछन् । छुट्टिने बेलामा तल गल्लिसम्मै आएर बिदा गरेँ ।

फर्किदै गर्दा म गम्न थालें, त्यत्रो नेता तमोर खोले लिम्बु जस्तोः सामान्य छ, कतै कुनै सामन्ती शान छैन । कुनै लक्कन छप्पन छैन । एक्लै पनि भन्दैन मिलिजुली खाउँ भन्छ । मालिक जस्तो पनि छैन आफै भान्से छ । पक्षपाति पनि छैन परिपन्चिसले भाग लगाउँछ । म नायक हुँ पनि भन्दैन, भन्छ त, गरिब निमुखाहरु नै तात्नु पर्छ । उसले यति त भनेन नि । सशस्त्र संघर्ष गरी हाल्नु पर्छ । हतियार उठाई हाल्नु पर्छ । स्थानीय सत्ता कब्जा गर्दै केन्द्रिय सत्ता नियन्त्रणमा लिनु पर्दछ । त्यसको निम्ति स्थानीय सामन्त जमिन्दारको सफाई गर्नुपर्दछ । लड्नु पर्दछ त भन्छ । कार्यकर्तालाई कारिन्दा पनि मान्दैन । कमरेड न भने पनि कामरेड त भन्छ । मैले सन्तोषको सास फेरें, । ‘हो र छ यिनीहरु अलिक क्रान्तिकारी नै हुन् ।’ जिन्दगिभर उनि आफ्ना आदर्श र सिद्धान्तमा निष्ठावान रहे ।

निर्मल लामा नेपाली कम्युनिष्ट आन्दोलनका विलक्षण जननेता हुन् । जनीतिमाथि व्यभिचार न गरेका नेता, उनको सादगी, समर्पण र प्रतिबद्धताको यो आन्दोलन संधैं ऋणी रहने छ ।
श्रद्धा सुमन कमरेड निर्मल लामा !

प्रेमलकुमार खनाल
कमरेड निर्मल लामा नेपालको बाम आन्दोलनका सादा जीवन, उच्च बिचारका धनी, मार्क्सबादलाई श्रृजनात्मक ढंगले प्रयोग गर्ने एक बिचारक हुनका साथै बामआन्दोलनमा हुर्किरहेको उग्रबामपन्थ तथा अवसरबादी सोंच र प्रबृत्तिका बिरुद्ध निरन्तर संघर्षरत ब्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नेपालको बाम आन्दोलनलाई क्रान्तिकारीकरण संगै लोकतान्त्रिकरण गर्न विशिष्ट योगदान पुर्याउनु भएको छ। २०४८/५० तिर ललितपुरमा हाम्रो र उहाँको संग संग‌ै डेरा भएका कारण उहाँ संग निकट भएर कुराकानी हुने गर्दथ्यो, त्यतिखेर उहाँले राष्ट्रिय राजनीतिका बारेमा जानकारी दिने र शिक्षा प्रदान गरेको अहिले झै लाग्दछ। अत्यन्तै शालिन एबं मिलनसार सर्बहाराबादी दृष्टिकोण र ब्यक्तित्वका धनी र अझ ससाना बच्चा, केटाकेटी हरुलाई अत्यन्तै माया गर्ने स्वभावका निर्मल लामा नेपालको बामआन्दोलनका धरोहर हुनु हुन्थ्यो । बामआन्दोलनमा उहाँ जस्तो सादगी जीवन ब्यतित गर्ने ब्यक्तित्वको अभाव खडकिरहेको छ। कमरेड निर्मल लामाबाट नेपालका बाम नेताहरूले प्रेरण लिएर अगाडि बढन सके बामआन्दोलन अझ नयाँ उच्चाई बाट अगाडि बढन सक्ने बिश्वास लिन सकिन्छ । बिसौ स्मृति दिवसका अवसरमा कमरेड निर्मल लामा प्रति हार्दिक श्रद्धासुमन।

 

वि.सं.२०७७ वैशाख २७ शनिवार १२:३५ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...