back
CTIZAN AD

कृषक खोज्दै कृषि एम्बुलेन्स गाउँगाउँमा

वि.सं.२०७७ वैशाख २९ सोमवार

747 

shares

२९ वैशाख, प्युठान । कृषक खोज्दै यहाँका गाउँगाउँमा कृषि एम्बुलेन्स पुगेका छन् । बन्दाबन्दीका कारण गाउँमा उत्पादित कृषि उपज बजारसम्म नपुग्ने र बजारमा भएका कृषि सामग्री कृषकसम्म नपुगेका अवस्थामा कृषि एम्बुलेन्स सञ्चालनले कृषकलाई सहज भएको छ ।
कृषकले उत्पादन गरेका उपज र उपज उत्पादनका लागि चाहिने बीउ र मल वितरणका लागि कृषि एम्बुलेन्स प्रयोग भएका छन् ।

लामो समयको बन्दाबन्दीमा कृषकले उत्पादन गरेका तरकारी, अण्डा, रासायनिक मल, बीउ पु¥याउने लगायत कार्य एम्बुलेन्समार्फत भएपछि कृषकलाई सहज भएको छ । कृषि बीउ जिल्ला बाहिरका चिस्यान घरमा राख्ने, मकै र धान रोप्ने समयमा बीउ उपलब्ध गराउने, उत्पादित तरकारी संकलन गरी मुख्य बजारदेखि उपभोक्तासम्म पु¥याउने गर्दा कृषक तथा उपभोक्तालाई राहत मिलेको हो ।

नौबहिनी गाउँपालिकामा करीब चार सय कृषकले चैतमा लगाएको मकैबाली असिनापानीले नष्ट भएपछि जिल्ला तथा जिल्ला बाहिरबाट कृषि एम्बुलेन्समार्फत गाउँगाउँमा बीउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष विकले जानकारी दिए । गाउँपालिकाको सहयोगमा कृषि एम्बुलेन्सबाट मकैको बीउ पाउँदा राहत भएको नौबहिनी–२ लिघाका नन्दराम बुढा मगरले बताए ।

“राम्रोसंँग गहुँ भित्र्याउन नपाए पनि मकै राम्रो हुन्छ भन्ने आशा थियो”, मगरले भने, “पटकपटक परेको असिनापानीले थिचेर नष्ट गरेपछि मकै पुनः छर्नुपर्ने भएको छ ।” प्रदेश सरकारले सञ्चालन गरेको कृषि एम्बुलेन्स कृषक खोज्दै गाउँगाउँ आउँदा खुशी लागेको उनले बताए ।

मल्लरानी गाउँपालिका–५ कुमीकोटमा रहेको हिमा लेयर्स फार्ममा चार सय ५० लेयर्स कुखुरा छन् । करीब चार सय अण्डा दिने समयमा बन्दाबन्दी भएपछि ११ पेटी अण्डा बिग्र्रियो । दैनिक दश क्यारेट अण्डा उत्पादन गरी गाउँमा बिक्रीवितरण गर्दै आएको लेयर्स फार्मका करीब रु ३० हजारको अण्डा नष्ट भएको सञ्चालक सूर्यबहादुर दर्लामीले बताए ।

“दाना नपाउँदा अण्डा उत्पादन घटेको छ”, दर्लामीले भने, “कृषि एम्बुलेन्सबाट दाना आउन र अण्डा बिक्री हुन थालेको छ ।” कृषि एम्बुलेन्सले घरमै आएर अण्डा वितरणका लागि लैजाने गरेकाले सहज भएको सञ्चालक दर्लामीको भनाइ छ ।

प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यहाँ कृषि एम्बुलेन्स सञ्चालनका लागि पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय मातहतको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङलाई जिम्मा दिइएको छ । हरिओम कृषि सहकारी संस्था बाग्दुलाको लु २ च ७५०५, झिमरुक मत्स्यसपालन तथा एकीकृत कृषि फार्म खैराको लु २ च ७३८६ र युग प्रवाह कृषि सहकारी संस्था दाङको लु २ च ७५१३ ले कृषि उपज ओसारपसार तथा खरीदबिक्रीको काम गर्दै आएका छन् ।

यही वैशाख १३ गतेदेखि सञ्चालनमा आएको कृषि एम्बुलेन्समार्फत पोल्ट्री फर्मले उत्पादन गरेका अण्डा, रासायनिक मल, मकैको बीउ ढुवानी, किमिचौरका किसानलाई मनकामना जातको मकैको बीउ वितरण, बर्जिवाङका किसानले उत्पादन गरेको मकै, कुखुराको दाना, अदुवा तथा बेसारको बीउ वितरण गरिएको छ । बाँदीकोटदेखि लमहीसम्म टिपिएस आलुको बीउ शीतभण्डारका लागि लगिएको र माछा फर्मका लागि प्राङ्गारिक मल वितरण भइरहेको कृषि एम्बुलेन्स सञ्चालन समितिका संयोजक गिरिराज पौडेलले बताउए ।

तस्वीर /रासस

वि.सं.२०७७ वैशाख २९ सोमवार १०:१२ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...