back
CTIZAN AD

कोरोना पीडितको लागि एनआरएनए युरोप क्षेत्रमा ३० लाख संकलन

वि.सं.२०७७ वैशाख २९ सोमवार

813 

shares

२९ बैशाख, लण्डन । कोरोना भाइरस (कोभिड- १९) बाट पीडित नेपाली समुदायको सहयोगार्थ युरोप क्षेत्रमा मात्र ३० लाख रुपैयाँ संकलन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको ‘कोभिड १९’ युरोप क्षेत्रीय समितिको सकृयतामा दुई साताभित्र सो रकम संकलन भएको समितिका सदस्य सचिव रामशरण सिमखडाले जानकारी दिएका छन् ।

सिमखडाका अनुसार आइतवार साँझ सम्म २४ हजार ५ सय ६१ अमेरिकी डलर संघको खातामा जम्मा भएको हो । ‘यो शुरुआत हो भर्खर काम शुरु गरेका छौं सहयोग आउनेक्रम जारीनै छ । संघको केन्द्रीय निर्देशन अनुरुप आर्थिक संकलनको काम अघि बढेको छ’ सिमखडाले यो सम्बाददातासंग भने ।

संघको युरोपेली कोषमा अष्ट्रिया, बेल्जियम, स्वीडरल्याण्ड, डेनमार्क, जर्मनी, स्पेन, फिनल्याण्ड, आयरल्याण्ड, लग्जम्वर्ग, रसिया, माल्टा, र नेदरल्याण्डमा रहेका संघका पदाधिकारी तथा राष्ट्रिय समितिले सहयोग गरेका हुन् ।

यसै बीच कोरोना प्रभावित युरोप क्षेत्रका एनसीसीहरुलाई २० हजार डलर आर्थिक सहयोग गरेको छ । कोरोनाले प्रभाबित बनेका ५ वटा युरोपेली मुलुकहरुमा रहेका गैर आबासीय नेपालीहरुलाई लक्षित गर्दै संघले सहयोग घोषणा गरेको हो ।

संघले स्पेन र पोर्चुगललाई पाँच पाँच हजार डलर, ईटालीलाई ४ हजार डलर तथा साईप्रस र माल्टाका लागि तीन तीन हजार डलर छुट्टाएको छ।

पहिलो चरणमा साईप्रसलाई र बाँकी चार वटा एनसीसीलाई दोस्रो चरणमा सहयोग घोषणा गरिएको हो ।

यसअघि संघले केन्द्रीय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर कोरोना बिरुद्ध विश्वव्यापी राहत संकलन तथा वितरणको अभियान चलाएको थियो ।

वि.सं.२०७७ वैशाख २९ सोमवार २०:२० मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...