back
CTIZAN AD

दुई वटा बिमानमा नेपाली फर्काउन सरकारलाई यूएइको पत्राचार

वि.सं.२०७७ वैशाख २९ सोमवार

774 

shares

२९ वैशाख काठमाडौं । यूएइ सरकारले नेपाली कामदारलाई फिर्ता ल्याउन नेपाल सरकारलाई पत्राचार गरेको छ । सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो जानकारी दिएका हुन।

मन्त्री ज्ञवालीले दिएको जानकारी अनुसार युएई सरकारले दुईवटा विमानमा नेपालीलाई फिर्ता ल्याउन पत्राचार गरेको हो । सोमबार नै यूएईको पत्र प्राप्त भएको ज्ञवालीले जानकारी दिए ।

सरकारले बिभिन्न माध्यम मार्फत गरेको अध्यायन अनुसार करिब ६ लाख नेपालीहरु स्वदेश फर्कन चाहेका छन । ती मध्ये छिमेकी देश भारतबाट २ लाख ५० हजार र अन्य मुलुकबाट ३ लाख २३ हजार ५३० नेपाल फर्किन चाहिरहेको तथ्याङ्क संकलन भएको मन्त्री ज्ञवालीले जानकारी दिएका छन ।

तिनिहरु मध्ये २ लाख १० हजार नेपालीलाई तत्काल स्वदेश ल्याउनुपर्ने देखिएको उनले जानकारी दिएका छन ।

वि.सं.२०७७ वैशाख २९ सोमवार २२:०८ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...