back
CTIZAN AD

कोरोनाबाट मृत्यु हुनेमा क्यानडाले चीनलाई उछिन्यो, नेपालमा एकैदिन ८३ संक्रमित थपिए

वि.सं.२०७७ वैशाख ३१ बुधवार

786 

shares

३१ वैशाख, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) बाट अहिलेसम्म विश्वमा ४,३४०,०५८ जनालाई संक्रमित भएका छन् भने २९२,८१६ जनाको मृत्यु भएको छ । २४ घण्टामा ८५२५८ नयाँ संक्रमित थपिएका छन् भने ५५२९ जनाको मृत्युभएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट प्रभावित हुनेमा रसियाले बेलायतलाई उछिनेको छ भने ज्यान गुमाउनेमा क्यानडाले चीनलाई उछिनेको छ ।

संक्रमित मध्ये १,६०२,१५५ जना निको भएर घर फर्किएका छन् भने ४६३४२ जनाको अवस्था गम्भिर रहेको वोल्डोमिटरले जनाएको छ । संक्रमित भएका मध्ये ८५ प्रतिशत निको भएका छन् भने १५ प्रतिशतले ज्यान गुमाएको तथ्यांकले देखाउँछ ।

वल्र्डोमीटरका अनुसार सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,३८५,८३४ पुगेको छ भने ८३,४२५ जनाको मृत्यु भएको छ । २४ घण्टामा २२८०२ नयाँ संक्रमित थपिएका छन् भने १६३० जनाको मृत्यु भएको छ ।

संक्रमितको हिसाबमा अमेरिका सबैभन्दा अगाडि छ भने दोस्रो स्पेन रहेको छ । स्पनेमा २६९,५२० जनामा संक्रमण देखिएको छ भने २६,९२० जनाको मृत्यु भएको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, रसिया, बेलायत, इटाली, फ्रान्स, ब्राजिल, जर्मनी, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(८३,४२५) बेलायत दोेस्रो (३२,६९२), इटाली तेस्रो(३०,९११), स्पेन चौंथोे(२६,९२०), फ्रान्स पाचौँ (२६,९११), ब्राजिल छैठौँ (१२,४०४), बेल्जियम सातौं(८,७६१), जर्मनी आठौं (७,७३८), इरान नवौँ (६,७३३), नेदरल्याण्ड दशौँ(५,५१०), क्यानडा एघारौँ(५,१६९) र चीन बाह्रौँ (४,६३३) देश रहेका छन् ।

रसियामा संक्रमित बढेको देखिन्छ २४ घण्टामा रसियाले इटालीलाई उछिनेको छ । तर संक्रमित बढेपनि मृत्यु संख्या भने २००९ जना मात्र रहेको छ ।

नेपालमा बढ्दै तथ्याङ्क
३० गते मंगलबार सबैभन्दा बढी संक्रमित थपिएका छन् । एकै दिन ८३ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ३४ रहेको छ । काठमाडौँकी एक महिलामा समेत कोरोना संक्रमित भेटिएको छ । हालसम्म १७,८२१ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन जेठ ३ गतेसम्मलाई लम्ब्याएको छ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ७४,२९२ जना संक्रमित रहेको र २,४१५ जनाको मृत्यु भएको देखिन्छ ।पछिल्लो २४ घण्टामा ३५२४ संक्रमित देखिएका छन् भन १२१ जनाको मृत्यु भएको छ । संक्रमितको हिसाबमा भारत १२ औँ स्थानमा रहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख ३१ बुधवार ०८:१७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...