back
CTIZAN AD

पुरुष फुटबलमा प्रहरी र सेनाका टोली विजयी

वि.सं.२०७३ पुस ९ शनिवार

876 

shares

lj/f6gu/l:yt ;lxb /ªuzfnfdf cfof]lht ;ftf}F /fli6«o v]ns'b k|ltof]lutfsf] pb3f6g ;df/f]xdf v]nf8Lx? …dfr{kf;Ú df ;xefuL x'Fb} . tl:a/M k|efif rGb| emf, lj/f6gu/, /f;;

९ पुस, इटहरी । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एन्फा टेक्निकल खेल मैदान धरानमा शुक्रबार भएको सशस्त्र प्रहरी बल र मध्यमाञ्चल टोलीबीचको पहिलो खेलमा सशस्त्र प्रहरी टोलीले मध्यमाञ्चल टोलीलाई ७–० गोलको भारी फरकले स्तब्ध तुल्याउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

उक्त खेलमा मध्यमाञ्चलका चेतन थारुले आत्मघाती गोल गरेका थिए । खेलमा सशस्त्र प्रहरीका तर्फबाट खेलको पहिलो हाफको १० औँ मिनेटमा नै रञ्जन विष्टले गोल गर्दै आफ्नो टोलीलाई १ गोलको अग्रता दिएका थिए । थारुको आत्मघाती गोलसहित २–० गोलले अघि बढेको सशस्त्र प्रहरीको टोलीका लागि खेलको ४५ आँै मिनेटमा राजीव रावलले एक गोल गर्दै खेल ३–० गोलको फरकमा पु¥याएका थिए ।

एकतर्फी भएको उक्त खेलमा सशस्त्र प्रहरीका युवराज खड्काले खेलको आठौँ ५५ आँै, ७९ औँ र ९० आँै मिनेटमा लगातार चार गोल गरेर खेल ७–० गोलको भारी फराकिलो अन्तरले समाप्त पार्दै आफ्नो टोलीलाई विजय गराएका थिए ।

यसैगरी सोही खेल मैदानमा भएको दोस्रो खेलमा नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मीले सुदूरपश्चिमाञ्चल टोलीलाई १–० गोलले स्तब्ध पारेको छ । उक्त प्रतिस्पर्धामा नेपाली सेनाका सुमन अर्यालले खेलको सातौँ मिनेटमा हेडमार्फत गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेल समूह ‘क’ बाट नेपाल प्रहरी र पश्चिमाञ्चल टोली तथा दोस्रो खेल मध्यमाञ्चल र पूर्वाञ्चल टोलीबीच हुने छ ।

प्रहरी टोली अन्तिममा

सुनसरीको दुहवी रङ्गशालामा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी टोलीले मध्यमाञ्चल टोलीलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलको यात्रा पक्का गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा समूह ‘क’ बाट नेपाल प्रहरी टोलीका तर्फबाट नीरु थापाले ह्याट्रिक गरिन् । त्यस्तै निर्मला उपाध्यायले दुई गोल गरेपछि प्रहरी खेल ५–० गोलको फराकिलो अन्तरले कब्जामा पार्न सफल भयो ।

यसैगरी शुक्रबारै भएको समूह ‘ख’ अन्तर्गतको खेलमा सशस्त्र प्रहरी टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोलले स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेको छ । सो प्रतिस्पर्धामा सशस्त्र प्रहरीका तर्फबाट खेलको १८ आँै मिनेटमा रेखा पौडेल, २७ औँ मिनेटमा अनिता केसी र ५५ आँै मिनेटमा रन्जना दर्नालले एक एक गोल गरेका थिए । तेस्रो स्थानका लागि नेपाली सेना र मध्यमाञ्चल टोलीबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

वि.सं.२०७३ पुस ९ शनिवार ०३:३२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...