back

यी हुन एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाउने ६ खेलाडी

वि.सं.२०७७ जेठ ६ मंगलवार

186 

shares
NTC AD
Global IME AD

६ जेठ, काठमाडौँ । एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाउने खेलाडीहरुको नाम यसप्रकारको रहेको छ :

१. रोहित शर्मा

भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले एकदिवसीय क्रिकेटमा सर्वाधिक पटक दोहोरो सतक बनाएका छन । उनले एकदिवसीय क्रिकेटमा मात्र ३ दोहोरो सतक बनाएका छन । उनले आफ्नो पहिलो दोहोरो सतक २०१३ मा अष्ट्रेलिया विरुद्ध बनाएका थिए । उनले त्यस खेलमा २०९ रन बनाएका थिए । दास्रो दोहोरो सतक भने उनले २०१४ मा श्रींलका विरुद्ध बनाएका थिए । त्यस खेलमा उनले २६४ रन बनाएका थिए । रोहितले तेस्रो दोहोरो सतक २०१७ मा श्रींलका विरुद्ध बनाए । उनले त्यस खेलमा २०८ रन बनाएका थिए ।

२. सचिन तेन्दुलकर

भारतीय क्रिकेट टिमका पुर्वखेलाडी सचिन तेन्दुलकरले एकदिवसीय क्रिकेट पहिलो पटक दोहोरो सतक बनाएका थिए । उनले २०१० मा दक्षिण अफ्रिका विरुद्धको खेलमा पहिलो पटक एकदिवसीय क्रिकेटमा सतक बनाएका थिए । उनले त्यस खेलमा २०० रन बनाएका थिए ।

३. विरेन्द्र शेहवाग

भारतीय क्रिकेट टिमका पुर्वखेलाडी विरेन्द्र शेहवागले एकदिवसीय क्रिकेटमा दोस्रो दोहोरो सतक बनाएका थिए । उनले २०११ मा वेस्टइंडिज विरुद्ध खेलमा दोहोरो सतक बनाएका थिए । उनले त्यस खेलमा २१९ रन बनाएका थिए ।

४. क्रिस गेल

वेस्टइंडिज क्रिकेट टिमका विस्फोट खेलाडी क्रिस गेलले पनि एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाएका छन । उनले २०१५ मा जिम्बावे विरुद्धको खेलमा दोहोरो सतक बनाएका थिए । त्यस खेलमा उनले २१५ रन बनाएका थिए ।

५. मार्टिन गप्टिल

न्युजिल्याण्ड क्रिकेट टिमका ओपनर मार्टिन गप्टिलले पनि एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाएका छन । उनले २०१५ मा वेस्टइंडिज विरुद्धको खेलमा दोहोरो सतक बनाएका थिए । त्यस खेलमा उनले २३७ रन बनाएका थिए ।

६. फखर जमान

पाकिस्तान क्रिकेट टिमका ओपनर फखर जमानले पनि एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाएका छन । उनले २०१८ मा जिम्बावे विरुद्धको खेलमा दोहोरो सतक बनाएका थिए । त्यस खेलमा उनले २१० रन बनाएका थिए ।

वि.सं.२०७७ जेठ ६ मंगलवार ११:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजदेखि सुरु भयो तेस्रो लगानी सम्मेलन : यस्तो छ कार्यतालिका

आजदेखि सुरु भयो तेस्रो लगानी सम्मेलन : यस्तो छ कार्यतालिका

काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन...

इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु

इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न...

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस : प्रधानमन्त्री प्रचण्ड

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त...

टस हारेर बलिङको निम्तो पायो नेपालले

टस हारेर बलिङको निम्तो पायो नेपालले

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर...

इलाममा सुरु भयो उपनिर्वाचनको मतगणना

इलाममा सुरु भयो उपनिर्वाचनको मतगणना

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न...

बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक सुरु

बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक सुरु

चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका...