back
CTIZAN AD

हात्ति महोत्सवको विरोधमा चितवनका पशुअधिकार कर्मी

वि.सं.२०७३ पुस ९ शनिवार

951 

shares

९ पुष । चितवनको सौराहमा हुन लागेको हात्ति महोत्वसका सन्दर्भमा पशुअधिकारकर्मीहरुले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । प्रेस वक्तव्य जारी गरी उनीहरुले हात्ति दौडलाई केही परिमार्जन गर्न र बिस्तारै हटाउन व्यवसायीहरु सहमत भइसकेको परिप्रेक्षमा चितवनबाट एक चोटि हटिसकेको हात्ति पोलो पुनः हात्ति महोत्सवको नाममा सौराहामा भित्र्याउन लागिएकोमा यसमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको भन्दै सो महोत्सवमा भाग नलिन समेत अनुरोध गरिएको छ ।
चितवनका पशुअधिकारर्मीहरु, अनन्तप्रकाश सुवेदी (उपप्राध्यापक, कृषि तथा वन विज्ञान विश्वविद्यालय), डा. कृष्ण काफ्ले (सहप्राध्यापक, रामपुर क्याम्पस, त्रिवि), रमेशकुमार पौडेल (नागरिक राष्ट्रिय दैनिक), आशिकविक्रम खड्का (वान फुट फरवार्ड) र सुराजन श्रेष्ठ (एनिमल राइट्स क्लब) द्वारा संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा भनिएको छ “आधुनिक युगमा प्रवेश गरिसकिएको वर्तमान परिप्रेक्षमा दास युगको झझल्को दिनेगरि केही रुपयाँमा अधिकांश गैह्रकानुनी तबरबाट भारतबाट निकासी भएका हात्तिहरुलाई सास्ति दिइ पैसा कमाउने होड चितवनको पर्यटकिय गन्तव्य भनेर चिनिने सौराहामा बढ्नु दुःखद् रहेको छ । ”

वक्तव्यमा अगाडि भनिएको छ “यस विषयमा हाम्रो जैविक विविधता सरोकार समाज नामक अभियान वर्षेनि आवाज उठाउन सकृय रहेको तथ्य यसै विज्ञप्ति मार्फत सम्पूर्णलाई जानकारी गराउन चाहन्छौैं । यस्ता २१ औं शताब्दिमा अशोभनिय ठहरिने कृत्य मार्फत दुइ चार जनाले मनग्य धन आर्जन गर्न सफल होलान् तर यसले समग्र पर्यटकिय क्षेत्रमा नकरात्मक असर परिरहेको, विश्वमा चर्चित ट्रीप एडभाइजरिहरुले यसकारण नेपाललाई पर्यटकिय गन्तव्यको रुपमा अघि सार्न हिच्किचाइ रहेकाले हाम्रो देशमा पर्यटक आगमन आशातित बढ्न नसकिरहेको सम्पुर्णलाई जानकारी गराउँन चाहन्छौं ।”

वि.सं.२०७३ पुस ९ शनिवार १०:५६ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...