back
CTIZAN AD

पर्वत तरकारी उत्पादनमा  आत्मनिर्भर

वि.सं.२०७३ पुस ९ शनिवार

756 

shares

९ पुस, फलेवास (पर्वत) । तरकारी उत्पादनमा पर्वत जिल्ला आत्मनिर्भर बन्दै गएका छन् । पछिल्ला केही वर्षयता व्यावसायिक तरकारीखेतीमा लाग्ने कृषकको सङ्ख्या ह्वात्तै बढेपछि जिल्लामा उत्पादित तरकारीले आयात प्रतिस्थापन गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

अहिले जिल्लामा बाह्रैमास पुग्ने तरकारी उत्पादन भइरहेकाले बाहिरबाट ल्याउनुपर्ने अवस्था नरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको सदरमुकाम आसपास र दुर्गम गाउँमा समेत मौसमी र बेमौसमी तरकारी उत्पादन भइरहेका छन् । दुर्गम गाविस टकलाकका करिब १५० परिवारलेसमेत व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका छन् ।

तरकारी बिक्री गरेर उनीहरु अहिले आफ्नो घर खर्च कटाएर प्रतिपरिवार रु २० हजारदेखि रु तीस लाखसम्म आम्दानी गर्ने गर्छन् । ‘पहिला पहिला मसुरोको दाल र सोयाबिन मस्यौरा त्यहाँको मुख्य तरकारी हो,’ टकलाकका चोकबहादुर रानाले भन्नुभयो, “अहिले घरघरै तरकारी फलाएका छन्, बढी भएको बेचेर घरखर्च पनि चलाइएकै छ ।”

टकलाक पुग्ने जोसुकै पनि अहिले छक्क पर्छन् । ‘म पहिलो पटक यहाँ आउँदा कसैको घरमा हरियो तरकारी पाक्दैनथ्यो, स्थानीय कृषि प्राविधिक राजेश पाण्डेले भन्नुभयो– ‘अहिले डोकोभरी तरकारी यहींँबाट बाहिर जान्छ,’

पाँचवर्ष अघिसम्म तराईका जिल्लाबाट ट्रकमा तरकारी आयात गर्दै आएको पर्वतले पछिल्ला केही वर्षयता तरकारी निर्यात गर्ने जिल्लाको रुपमा विकसित हुँदै आएको छ ।

तीन वर्षदेखि तरकारीखेती गर्दै आएका लालबहादुर हरिजनले यो वर्ष रु. २० लाखको तरकारी बेचेको दाबी गर्नुभयो । ‘मैले उत्पादन गरेको अधिकाँश तरकारी पोखरा जान्छ,’ उहाँले भन्नुभयो, “तरकारी खेतीमा अहिलेसम्म रु ४० लाख लगानी भइसकेको रु अगामी वर्षसम्म रु. ५० लाख लगानी पुग्ने अनुमान छ ।”

टनेलमा गोलभेँडा, काँक्रा, च्याउ र बोडीलगायत बेमौसमी तरकारी खेती गरेर उनले राम्रो आम्दानी गरिरहेको बताउनुभयो ।

पछिल्ला तीन वर्षयता कृषि र विशेषगरी मौसमी र बेमौसमी तरकारी उत्पादनमा सरकारी लगानी बढ्नु, हिउँदका समयमा मात्रै भए पनि सबै गाविसमा सवारीसाधनको उपलब्धता, गोठे तथा प्राङ्गारिक मलको सुधार, उन्नत र माटो अनुकूलका बीउ, मलको सहज आपूर्ति, सिँचाइको क्षेत्रफलमा वृद्धि र परिश्रम अनुसारको बजार मूल्यलगायतका कारणले व्यावसायिक किसानको सङ्ख्या बढेको हो ।

चार वर्षयता कृषि विकास कार्यालयले गरेको एक सर्वेक्षणमा कृषिमा लाग्ने युवाको सङ्ख्या बर्सेनि बढ्दो छ । वैदेशिक रोजगारीबाट फर्केका केहि युवाहरु तरकारी खेती गर्दै आएका पनि छन् । ‘गतवर्ष युवा स्वरोजगार कार्यक्रमअन्तर्गत तरकारीखेती अनुदानका लागि करिब ६०० युवाको आवेदन पर्नु पनि यो कुरा पुष्टि हुन्छ,’ पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भन्नुभयो ।

वि.स.२०६८ को जनगणनाअनुसार पर्वतको जनसङ्ख्या एक लाख ४६ हजार ५९० छ । एक तथ्याङ्कअनुसार एक व्यक्तिले दैनिक २०० ग्राम हरियो तरकारी खान्छ ।

जिल्लामा आर्थिक वर्ष २०७२/०७३ मा हरियो तरकारी मात्र ९ हजार २४ मेट्रिक टन उत्पादन भएको छ । उत्पादित तरकारी जम्मा जनसङ्ख्याले उपभोग गर्दा एक जनाको भागमा दैनिक एक सय ६८ दशमलव ६५ ग्राम पर्छ ।

तरकारीको पकेटक्षेत्रका रूपमा चिनिएको धाइरिङ, नाङ्लीबाङ मल्लाज, भाझफाँट, खुर्कोट, चुवा, कटुवाचौपारी, शङ्करपोखरी र पाङ्ग्राङलगायत गाविसबाट सिजनका बेला हरेक दिन जिल्लाबाहिर पनि निर्यात हुँदै आएको छ ।

म्याग्दीको बेनीसँग सीमा जोडिएका धाइरिङ, माझफाँट, लेकफाँट, सालिजा र बाँसखर्कको तरकारीले बेनीको करिब ३० प्रतिशत माग धानेको कृषि कार्यालयको दाबी छ । रासस

वि.सं.२०७३ पुस ९ शनिवार १३:५१ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...