back
CTIZAN AD

पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्य राख्दै फुटसल

वि.सं.२०७३ पुस ९ शनिवार

918 

shares

९ पुस,पोखरा  । ‘पर्यटन, खेलकुद र सञ्चार पोखरा प्रवद्र्धनको मूल आधार’ भन्ने मुख्य नाराका साथ पोखरा न्यूजडट कमद्वारा सञ्चालित संस्थागत फुटसल प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ ।

खेलकुद माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फूलबारीस्थित टप कर्नरमा आयोजित उक्त प्रतियोगतामा दुई महिलासहित १५ समूहको सहभागिता छन् ।

समाजसेवी एवम् उद्योगपति सूर्यबहादुर केसीले आज यहाँ सो प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले आपसी भाइचारा अभिवृद्धि गर्ने बताउनुभयो ।

पोखराको वातावरण स्वच्छ राख्न बेगनास तालदेखि फेवाताल, हेम्जा र बाझाको पाटनसम्म ट्रली बस सञ्चालन गरी पेट्रोलियम पदार्थ प्रयोगमा कमी ल्याउनुपर्ने बताउँदै उहाँले राज्यले जनताको हित हुने खालका उद्योग सञ्चालन नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले खेलकुद क्षेत्रको विकास अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा यातायात क्षेत्रबाट पोखराको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएवापत मोडन ‘इरा टुर्स एन्ड ट्राभल्र्स’ प्रालिका सञ्चालक केशवप्रसाद अधिकारीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

एक समूहमा पाँच जनाको सहभागिता रहने एवम् कुल २४ मिनेट खेलाइने सो प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा पृथ्वीराजमार्ग बस सञ्चालक समितिले प्याप्सन कास्की समूहलाई तीनका विरुद्ध चार गोलले पराजित गरियो ।
विजयी समूहलाई रु १५ हजार एक, उप विजेतालाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगदसहित ट्रर्फी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको संयोजक दिननाथ बरालले जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगताका लागि लगभग रु. एक लाख ४५ हजार लाग्ने बताइएको छ ।
रासस

वि.सं.२०७३ पुस ९ शनिवार १३:५२ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...