back
CTIZAN AD

आज थप २५ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो

वि.सं.२०७७ जेठ ७ बुधवार

816 

shares

७ जेठ, काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । नेपालमा आज २५ जना नयाँ संक्रमित भेटिएका छन् उनीहरु ३ वर्षे बालक देखि ४८ वर्षसम्मका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमा बाँकेमा ६ जना थप संक्रमित भेटिएका छन् । उनीहरुमा नरैनापुर गाँउपालिकाका ५ जना पुरुषहरु १७,२०, २८, ३०, ४० वर्षीय र खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी धनकुटामा ५ जना संक्रमित भेटिएका छन् । उनीहरुमा २८,२९,३५,२३ वर्षीय पुरुष र २४ वर्षीया महिला रहेका छन् । उनीहरु सबै धनकुटामै बस्दै आएका छन् ।

त्यसैगरी कपिलवस्तुमा १३ जना संक्रमित भेटिएका छन् । विजयनगरको क्वारेन्टाइनमा बसेका २२, ३५, ४८ वर्षीया पुरुष र महाराजगन्ज गाउँपालिकाका ३, ४ र ६ वर्षीया बालिका, १६,२५ र ३२ वर्षीया महिला तथा १२ वर्षीय बालक, २०, २४ र ३४ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी नवलपरासी (पश्चिम) सुस्ताका गाउँपालिका ५ बेलपानी क्वारेन्टाइनमा रहेका १ २६ वर्षीय पुरुष रहेका छन् । हालसम्म संक्रमित ४२७ जनामा ३५९ जना पुरुष र ६९ जना महिला रहेका छन् । साथै हालसम्म निको भएर घर फर्कनेको संख्या ४५ पुगेको छ ।

वि.सं.२०७७ जेठ ७ बुधवार १६:४९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...