back
CTIZAN AD

सीमा विवाद राष्ट्रसंघमा लैजाने विश्व युवा संघको चेतावनी

वि.सं.२०७७ जेठ ७ बुधवार

2.2K 

shares

७ जेठ, काठमाडौँ । विश्व प्रजातान्त्रिक युवासंघ(WFDY) ले नेपालको भूमि फिर्ता गर्ने बारे अबिलम्ब पहल नगरे सो मुद्धा राष्ट्रसंघमा पु¥याउने चेतावनी दिएको छ ।

भारतले नेपालको भूमि मिचेर सडक बनाएको विषयलाई सो संघका उपाध्यक्ष सुन्दर भुसालको पहलमा संघको अन्तर्राष्ट्रिय समितिमा छलफल गरिएपछि संघले भारतलाई नै कडा चेतावनी दिएको हो ।

लिपुलेक क्षेत्रको विवादित भूमिका विषयमा भन्दै संघले १९ मे का दिन एक वक्तव्य जारी गरी भारतीय प्रतिक्रियावादी सरकारलाई समस्या छिटो सुल्झाउन आग्रह गरेको हो । सन् १८१६ को सुगौली सन्धि स्मरण गराउँदै संघले दुई देश बीचको सीमा तनाव तत्काल अन्त्य गर्न माग गरेको छ ।
कुनै पनि प्रकारका अतिक्रमण र उत्पीडनको विरुद्धमा रहने संघले भारतीय पक्षबाट ढिलाई भैरहने स्थितिमा आफ्नै पहलमा अन्तर्राष्ट्रियकरण गर्ने र राष्ट्रसंघलाई मध्यस्थकर्ताको अनुरोध गर्ने समेत बताएको छ ।

(WFDY) को सो वक्तव्यका सम्बन्धमा संघका उपाध्यक्ष सुन्दर भुसालले संसारन्यूजसँग ‘भारतका पनि कतिपय संगठनहरु सदस्य रहेको विश्व युवा संघले नेपालको पक्षमा बोल्नुले विश्व जनमत नेपालको पक्षमा रहेको अनुभूति गराएको छ’, भनेका छन् ।

स्मरण रहोस् आज मात्र नेपालले यसअघिको नक्सामा छुटेका नेपालका भूमिहरु समेटेर राजनीतिक तथा प्रशासनीक नयाँ नक्सा सार्वजनिक गरेको छ ।

वि.सं.२०७७ जेठ ७ बुधवार १६:३० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...