back
CTIZAN AD

नेकपा नेताको प्रधानमन्त्रीलाई पत्र, अब प्रधानमन्त्री भ्रष्टाचारी विरुद्ध जेहाद् छोड्नुस्

वि.सं.२०७७ जेठ ७ बुधवार

1.1K 

shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य रामकुमार शर्माले प्रधानमन्त्रीलाई भ्रष्टाचारी विरुद्ध जेहाद् छोड्न आग्रह गर्दै पत्र लेखेका छन् ।

नेकपाको बलियो सरकार भएका कारण समृद्ध नेपाल बनाउने सुनौलो अवसर प्रधामन्त्रीलाई भएको उल्लेख गर्दै उनले इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री भएको र क्रान्ति नायक पुष्पकमल दाहाल प्रचण्डको बलियो साथ र सहयोग भएको यो बेला भ्रष्टाचार विरुद्ध जेहाद् छोड्न सुझाव दिएका हुन् ।

‘बिगतमा बिदेशी हस्तक्षेपले आजित, सुशासनको अनुभूति गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको बिगतका सरकारबाट मुक्ति पाउनका लागि नेपाली जनताले नेकपालाई अपार समर्थन गरेर शक्तिशाली सरकार बनाउने अवसर प्रदान गरेको छ । नेपाली जनताले नेकपालाई बिश्वासको अपार मत दिएर आफ्नो इमानदारी देखाएको छ, अब इमानदारी देखाउने पालो नेपाल सरकारको छ’, पत्रमा उनले भनेका छन् ।

उनको पत्रमा लेखेका छन् :

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली जी अभिवादन,
हिजो सार्वभौमसत्ता सम्पन्न संघिय संसदमा तपाईले गर्नूभएको शानदार संबोधन पश्चात म पार्टी भित्र तपाईँको कटुआलोचक भए पनि केही नलेखी रहनै सकिन ।

प्रधानमन्त्री ज्यू, सार्वभौमसत्ता सम्पन्न संघिय संसदबाट मातृभूमिको रक्षाको लागि तपाईले गर्नू भएको संवोधन ऐतिहासिक छ । मैले आजसम्म नेपालको कुनै प्रधानमन्त्रीले बहादुरी पूर्वक गोर्खाली अंन्दाजमा भारतलाई मेरो अपहरित मातृभूमिको भूभाग फिर्ता देऊ, सत्यमेव जयते को सम्मान गर, भन्ने सुनेको थिएन । बिपक्षमा हुदा भोटको लागि सभामा बोलने, आक्रोशित हुँदा सत्ताको लागि घुर्र्की देखाउने, आन्दोलनको लागि उर्जाको रुपमा भारतको बिरोध गर्ने वा परम्परागत रूपमा भारतको बिरोध गरेर राष्ट्रवादी देखाउने पुरानो प्रचलन वाहेक हाकाहाकी भारतलाई चुनौती दिने र सम्पूर्ण नेपालीलाई गौरवान्वित गर्ने पहिलो मौकाको रुपमा आम नेपालीले यसलाई लिएको महशुस गरेको छु ।

कुनै पनि समृद्ध मुलुकको निर्माणमा त्यहाँको जनता आफ्नो मातृभूमि प्रति कति सजग र सचेत छ र त्यहाँको सरकार जनता प्रति कति इमानदार छ, यस्ले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हाम्रो मूलुकमा राष्ट्रियता जस्तो बिषयमा पनि जनता र पार्टीहरु बिभाजित हुनु, र प्रमुख नेतृत्वहरू इमानदार नभई भ्रष्टाचारी हुनुले हाम्रो प्यारो मातृभूमिको सर्घषलाई अबश्य नै असर पु¥याएको छ ।

मेरो विनम्र अनुरोध छ, तपाईसँग नयाँ एंव समृद्ध नेपाल बनाउने सुनौलो अवसर छ, तपाई इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हो, तपाई कम्युनिष्ट प्रधानमन्त्री हो, तपाईसँग क्रान्ति नायक प्रचण्डको बलियो साथ र सहयोग छ । बिगतमा बिदेशी हस्तक्षेपले आजित, सुशासनको अनुभूति गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको बिगतका सरकारबाट मुक्ति पाउनका लागि नेपाली जनताले नेकपालाई अपार समर्थन गरेर शक्तिशाली सरकार बनाउने अवसर प्रदान गरेको छ । नेपाली जनताले नेकपालाई बिश्वासको अपार मत दिएर आफ्नो इमानदारी देखाएको छ, अब इमानदारी देखाउने पालो नेपाल सरकारको छ । सरकारले नेपालको अपहरित भूमि कसरी फिर्ता गर्छ, बैदेशिक हस्तक्षेपलाई सदाको लागि कसरी समाप्त गर्छ, भ्रस्टाचारबाट सक्रमित नेपाली समाजलाई कसरी मुक्ति दिलाउँछ र सबभन्दा महत्वपूर्ण कार्य बिदेशी हस्तक्षेपबाट नेपाललाई सुरक्षित राख्न नेपालमा रहेका बिविध राष्ट्रियताहरू मधेसी, पहाडी हिमाली बिचको एकतालाई कसरी सुद्धिढ गर्छ, यसैमा सम्पूर्ण नेपालीको सफलता र असफलता लुकेको छ,माक्र्सवादले भन्छ कुनै पनि बस्तुको एकता र बिभाजनको प्रमुख कारण आन्तरिक हुन्छ, बाह्य सहायक र सहयोगी मात्रै हुन्छ ।

आकस्मिकता र आवश्यकताले संकटको घडिमा प्रकृतिले कहिले काहि नेतृत्वलाई ठूलो अवसर प्रदान गरेको हुन्छ, जसले त्यसको सदुपयोग गर्छ उसको नाऊ स्वर्ण अक्षरले अकिंत हुन्छ जसले दुरुपयोग गर्छ, उसको नाम इतिहासको गर्तमा डुब्छ ।

प्रधानमन्त्री जी, बिगतको अढाई बर्ष बर्षको अवसर तपाईले जनचाहना बमोजिम सदुपयोग नगरेको आम जन गुनासो छ । आर्थिक बिकास र समृध्दिको यात्रा कछुवा गतिमा अगाडि बढ्नु, सुशासन कमजोर हुनु, तपाईका सल्लाहकारुले तपाईँको सम्बन्धको दुरुपयोग गर्नु, यात उनिहरू अंहकारी भएर प्रस्तुत हुनु वा भ्रष्टाचारी भएर नांगिनु, यी तमाम अपमानका बावजुद भारतले नेपाली भूमिमा सडक उदघाटन गरेर सिंहदरबारमा कुम्भकर्णको निंदमा सुतेको नेपाल सरकारलाई ब्युझाएर तपाईले गुमाएको अवसरलाई देश र जनताको हितमा इतिहास रच्ने तपाईँलाई अन्तिम मौका प्रदान गरेको छ ।

तीन करोड नेपाली जनताको तपाईँलाई शुभकामना छ, बाकी अन्तिम समयलाई सदुपयोग गर्नुस, नेपालीहरु को अपहरित मातृभूमिको भू–भाग फिर्ता गराउनुस, आफ्नो नाम सुनौलो अक्षरले लेखाउनुस र सम्पूर्ण नेपालीको शिर सगरमाथा झै माथि उठाउनुस् । बाँकी तपाईको मर्जी।।
अभिवादन
रामकुमार शर्मा

वि.सं.२०७७ जेठ ७ बुधवार १५:५८ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...