back
CTIZAN AD

नेपालको नयाँ नक्सा सार्वजनिक

वि.सं.२०७७ जेठ ७ बुधवार

1.4K 

shares

७ जेठ, काठमाडौँ । नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटिएको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ ।

मन्त्री अर्यालले नक्सा सार्वजनिक गर्दै ‘राष्ट्रको सार्वभौमसत्ता, अखण्डता अक्षुण राख्न देशको सीमा स्पष्ट हुनुपर्ने महत्वपूर्ण हुनुपर्ने र त्यसका लागि देशको सम्पूर्ण भूभाग स्पष्टसँग देखिने नक्सा प्रकाशन गरी प्रचलनमा ल्याउन अत्यन्त आवश्यक रहेको सन्दर्भमा विगतमा नेपालको नक्सामा छुट्याइएका गुञ्जी, नाभि, कुटी लगायतका भूमि समेत  र काली नदिको उद्गम स्थल लिम्पियाधुरा सम्म नक्सामा देखिने गरी नेपालको राजनीतिक तथा प्रशासनीक अद्यावधिक नक्सा सार्वजनिक गरिएको’ बताइन् ।

विगतमा नक्सामा छुटाइएका भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयबाट नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको कुरा पुनः प्रमाणित भएको पनि उनले बताइन् ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको मन्त्रालयले बताएको छ ।

उनले आगामी दिनमा छिमेकी मित्रराष्ट्र भारतसँग द्विपक्षीय र कुटनैतिक प्रयासमार्फत समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको र भारतले पनि यसलाई सकरात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् ।

मंगलबारको संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिबशद्धता गरेका । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७७ जेठ ७ बुधवार १५:१३ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...