back
CTIZAN AD

कोरोनाको कहरबाट बच्न दैनिक जीवनमा यी मन्त्र लागु गर्नुहोस्

वि.सं.२०७७ जेठ ८ बिहीवार

942 

shares

कोरोना संक्रमण इपिडेमिक, इन्डेमिक, पेन्डेमिक, इन्फोडेमिक हुँदै अहिले साइकोडेमिक भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मनोसामाजिक असरहरु देखा परेका छन् । कोरोना संक्रमण अल्पकालीन हुन्छ भने मनोसामाजिक असर दीर्घकालीन हुनसक्छ । तसर्थ हामीले आहारविहार, आचार, व्यवहार र सोंचमा समयानुकुल बदल्नु जरुरी छ । आफ्नो जीवनमा यी मन्त्र लागु गर्नुभयो भने तपाइँ स्वस्थ र मस्त हुनुहुनेछ ।

-आफुलाई शंका नगर्नुहोस् । शंका तथा तनावले टाउको दुख्ने, ज्वरो आएजस्तो हुने तर नाप्दा ज्वरो नदेखिने, घांटी खसखस भएजस्तो लाग्ने, रिंगटा लागेको भान हुने, कमजोरी अनुभव हुने, निद्रा नलाग्ने, मन खुसी नहुने, जोशजाँगर नहुने, छाती पोल्ने, खुट्टा पोल्ने लगायतका शारीरिक लक्षण देखिन्छन् । जसले गर्दा मलाइ कोरोना संक्रमण भयो कि भन्ने शंका लाग्दछ । आफुमाथि विश्वास गर्नुहोस् । आफ्नो इम्युनिटी पावरमाथि विश्वास गर्नुहोस् ।

-संक्रमितको संख्या सुनेर चिन्ता नगर्नुहोस् । विश्वका धेरै देशको तुलनामा हामी निकै सुरक्षित छौं । संक्रमितको पहिचान हुनु राम्रो कुरा हो । यसले रोग रोकथाममा ठूलो सहयोग गर्दछ । तपाइले सुरक्षाका बिधि अपनाउनु भयो भने संक्रमण सर्दैन । आत्मबल र इम्युनिटी पावर बलियो भएमा संक्रमण भएपनि त्यसलाई पराजित गर्न सकिन्छ ।

-नभएको कुरामा डर तथा चिन्ता नमान्नुहोस् ।, मलाई कोरोना संक्रमण हुन्छ कि ? मेरो परिवारजनलाई कोरोना संक्रमण हुन्छ कि ? भनेर चिन्ता गर्नु तथा डर मान्नु भनेको नभएको कुरामा मनलाई सजाय दिनु हो । म सजग छु । त्यसैले मलाइ कोरोना संक्रमण हुँदैन भनेर ढुक्क हुने, निश्चिन्त हुने बानी बिकास गर्नुहोस् ।

-आफुलाई टिपटप राख्नुहोस् । दैनिक सेभिंग गर्ने, दिनको २ पटक दांत माझ्ने, पटकपटक कपाल कोर्ने, सफा कपडा लगाउने, सामान्य शृंगार गर्ने जस्ता अभ्यासले आत्मबल दह्रो हुन्छ । यसो गर्दा बिरामी भएको फिल हुँदैन ।

– आत्मशान्ति र भित्रि शीतलताको लागि योग तथा ध्यान गर्ने बानी बसाल्नुहोस यसले जीवन र जगतप्रति सकारात्मक धारणा जागृत गराउंदछ ।

-एक अध्ययनले देखाएको छ, जसले धेरै पटक सामाजिक संजालमा पोस्ट गरिरहन्छ, त्यो उसको भित्रि चिन्ताको विस्फोट हो । सार्वजनिक समाचारलाई हामीले पोस्ट गर्ने, हरेक कुरामा आफ्नो बिचार राख्ने तथा लाइक र कमेन्ट र सेयरको गणना गर्ने बानीलाई अनुत्पादक र प्रतिक्रियात्मक मानिन्छ ।

– अनाबश्यक बिबाद नगर्नुहोस् । यो महामारीको बेला आफ्नो, परिवारको तथा देशको चिन्तन गर्नुपर्ने समयमा राजनीतिका अनाबश्यक पक्ष  विपक्षमा बिबाद गर्नुको कुनै औचित्य छैन । तसर्थ जीवन र जगतको पक्षधर बन्ने बानी विकास गर्नुहोस् । यसले तनाब मुक्तिमा सहयोग गर्दछ ।

– यो महामारीले अधिकांश व्यक्तिको आर्थिक अवस्था चौपट भएको छ । आर्थिक नोक्सान चिन्ता गरेर समाधान हुने होइन । यो नाफा र घाटाको चक्र दिन र रात जस्तै हो । आशा गरौँ, यो रात ढलेपछि उज्यालो हुनेछ । त्यो उज्यालोको आलोकले हाम्रो गिरेको अर्थतन्त्र अझै सुदृढ भएर आउनेछ ।

-आफ्नो रुचि र लुकेको क्षमतालाई उजागर गर्नुहोस् । आर्ट गर्ने, गीत गाउने, नाच्ने, कविता लेख्ने, कथा लेख्ने, मनपरेका पुस्तक पढ्नुका साथै फ्लिम हेर्ने गर्नुहोस् ।

-मेडिया ब्रेक लिनुहोस् । कहिलेकाँही मेडिया ब्रत बस्नुहोस् । समाचार हेर्ने, सुन्ने, पढ्ने, सामाजिक संजाल चाहार्ने दिनको ३ छाक मात्र गर्नुहोस् । जसरी धेरै खाए चिनी पनि तितो हुन्छ, खाना पनि अजिर्ण हुन्छ, रक्सीले पनि बेहोश बनाउँछ त्यसैगरि मेडियाले पनि तनाब र ह्यांग गराउँछ ।

-आफूलाई माया गर्नुहोस् । सरसफाई गर्ने, धोएका सुकिला कपडा लागाउने, घाममा बस्ने, पोषिलो खाने, छिटो सुत्ने, छिटो उठ्ने गर्नुहोस् ।
दिनको १ घन्टा शरीरलाई दिनुहोस् । शरीरले दिनको २३ घण्टा तपाइंलाई दिनेछ । अर्थात १ घण्टा व्यायाम गरेर शरीरलाई चार्ज गर्दा बाँकी २३ घन्टा शरीरले राम्रोसंग काम गर्छ ।

-सास हुनु जीवनको प्रतिक हो । प्राणायाम गर्ने, स्वच्छ हावा सेवन गर्ने, बन्द कोठामा भन्दा हावा लाग्ने ठाउँमा धेरै समय बिताउने गर्नुहोस् । यो दुर्लभ स्वच्छ हावा सेवन गर्ने अवसर नगुमाउनुहोस् ।

-प्रकृतिको यो अनुपम सौन्दर्यपान गर्न लालायित हुनुहोस् । रुख, फूल, पहाड, हिमाल, जुन, तारा आदि हेरेर धन्य हुनुहोस् । आफ्नो क्यामेरा र मोबाइलले यो सुन्दरतालाई कैद गर्नुहोस् ।

-चराको मिठो चिरबिर सुन्नुहोस । हावाको संगीत सुन्नुहोस् । जनावरको भाषा बुझ्नुहोस् । मंगल ध्वनि सुनेर कानलाई सिंचित गर्नुहोस् ।
रक्सी, चुरोट, सुर्ती, गुट्खा तथा ड्रग नखानुहोस् । यी पदार्थले शरीर र मनलाई धुजाधुजा पार्छन् । रोगसंग लड्ने क्षमता घटाउँछन् ।

-कौसी, गमला, छत, करेसाबारी तथा खेतबारीमा काम गर्नुहोस्  तरकारी, फूल, फलफूल लगाउनुहोस् । माटोसंग खेल्दा असिम आनन्दबोध हुन्छ ।

-सहयोगी, सकारात्मक तथा प्रिय व्यक्तिसंग नियमित सम्पर्कमा रहनुहोस् ।

-हल्ला र भ्रमको पछि नलाग्नुहोस् । सहि र आधिकारिक जानकारी लिने बानी गर्नुहोस् । हल्ला सबैभन्दा छिटो फैलिने सरुवा रोग हो । यसको सिकार नबन्नुहोस् ।

-हाम्रो चिन्ता यस्तो हुनुपर्छ जसले समस्या समाधानमा सहयोगी बनोस् ।

-घरमा तथा मनमा यो मन्त्र राख्नुहोस् । यो समय पनि बितेर जानेछ । त्यसपछि हाम्रो जीवन पूर्ववत लयमा फर्किनेछ ।

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

वि.सं.२०७७ जेठ ८ बिहीवार १७:५३ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...